समाचार

यो वर्ष दशै उपहार नपाउने भए उपत्यकावासीहरुले !

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न २४ सय मिटरमात्र बाँकी रहेको जनाएको छ ।सरकारले दसैंमा उपत्यकावासीलाई मेलम्चीको पानी उपहार दिने घोषणा गरे पनि त्यसको सम्भावना टर्दै गएको छ ।

घटस्थापना आउन अब ठीक ६० दिन बाँकी छ भने सुरुङ खन्न २४ सय मिटर बाँकी छ । तोकिएको समयभित्र सुरुङको पूरा ब्रेक थ्रो मात्र गर्न प्रत्येक दिन ४० मिटरका दरले सुरुङ खन्नुपर्ने हुन्छ ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, आयोजनाले हालसम्म दैनिक ४० मिटर सुरुङ दनेको रेकर्ड छैन ।