राजनीति

एमालेकै कार्यकर्ताले नेपालको गाडी फुटाए पनि किन काँग्रेस कार्यकर्ता पक्राउ परे ?

मन्थली । एमाले बरिष्ठ नेता एबम् पूर्व प्रधानमन्त्री माधबकुमार नेपालको गाडी तोडफोड भएको आरोपमा नेपाली काँग्रेसका दुई ईमान्दार कार्यकर्ता पक्राउ परेका छन् ।

रामेछापमा पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा भाग लिन गएका नेपालको बा ५ च २७५० नम्बरको टेरस गाडी चढेर उक्त कार्यक्रममा भाग लिन गएका छन् । नेपाली काँग्रेसको नगरसमितिले आफ्ना कार्यकर्ता उक्त घटनामा संलग्न नभएको र झुटा आरोपमा उनीहरुलाई पक्राउगरिएकोले तत्काल रिहाई गर्न आग्रह गरेपनि प्रहरीले सागर कुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

एमाजले उच्च स्रोतका अनुसार ओली र नेपालबीच अन्तिम समयमा भएको गुटबन्दीका कारण माधब नेपाल मन नपराउने एमालेका कार्यकर्ताहरुले नै उक्त गाडीमा तोडफोड गरेका हुन सक्छन् तर बिना छानबिन काँग्रेस कार्यकर्तालाई पक्राउ गर्नु राम्रो नभएको बिचार राखेका छन् ।

एमालेभित्र ओली र नेपाल पक्षको द्वन्द बाहिर सम्म छताछुल्ल छ, फलामले फलाम काट्छ भने जस्तै एमालेलाई आक्रमण गर्ने एमाले नै हो, नाम नभन्ने शर्तमा ती एमाले नेताले शुर्यखबरलाई भने ।

बसमा सीसा फुटेको बिहानै देखे पनि कसले फुटायो त्यो प्रमाण भने भेटिएको थिएन । कसले फुटाएको हो प्रशरीले अनुसन्धान गरिरहेको छ ।