राजनीति

गृहमन्त्री शर्माले राखे प्रधानमन्त्री देउवाको इज्जत, अमेरिकाबाट समेत आयो यस्तो प्रतिक्रिया !

काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार निर्माण भएको डेढ महिना भयो । उनको नेतृत्वको सरकारले यो बीचमा निकै महत्वपूर्ण कामहरु सम्पन्न गरेको छ । दलीय विवादकै बीचमा दोश्रो चरणको निर्वाचन सम्पन्न भएको छ । सरकारले गर्नुपर्ने केही महत्वपूर्ण कामको पनि सुरुवात गरेको छ । यद्यपि, प्रधानमन्त्री देउवा आफै पनि केही सानातिना विवादमा पनि परेका छन् । त्यसले खासै असर गरेको छैन ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई यो पटक गरेर देखाउने अवसर पनि आएको छ । उनलाई साथ दिने केही मन्त्रीहरु पनि देखिएका छन् । देउवा नेतृत्वको सरकारमा साँच्चै केही गरौं भन्ने खालका मन्त्रीहरु पनि रहेका छन् । उदाहरणका लागि गृहमन्त्री जनार्दन शर्मा । उनी यसअघि प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री थिए र त्यो बेला पनि उनले राम्रा कामहरु गरेका थिए । यो पटक पनि गृहमन्त्रीले आफ्नो मन्त्रालयका अतिरिक्त अन्य केही राम्रा काम गर्ने सुरुवात गरेको देखिन्छ ।

जसलाई सर्वसाधारणले प्रशंसा पनि गरिरहेका छन् । उनै गृहमन्त्रीको काम गराई देखेर अमेरिकाबाट नील खड्काले शर्मालाई स्याबासी समेत दिएका छन् । समय र समाज कठोर ढंगले अघि बढ्दै गएको भएपनि मानव समाजमा न्याय मर्न नदिने पात्रहरु अझै रहेको भन्दै उनले गृहमन्त्री शर्माको निकै ठुलो प्रशंसा गरेका छन् । सर्वसाधारण नील खड्काले आफ्नो फेसबुक अकाउन्टमार्फत गरेको गृहमन्त्री शर्माको प्रशंसालाई हामीले यहाँ जस्ताको तस्तै प्रस्तुत गरेका छौ ।

स्यावास गृहमन्त्री !

  • केही वर्षअघि रामेछापमा एक किशोरीको बलात्कारपछि हत्या भयो ।
  •  प्रहरीले बलात्कारीलाई पक्राउ गर्यो ।
  •  बलात्कारीले बलात्कारपछि हत्या गरेको स्वीकार्यो र कानुनअनुसार जेल सजाय भोग्न पनि तयार भयो ।
  •  तर, जिल्ला प्रहरी कार्यालय रामेछापका तत्कालीन प्रमुख डीएसपी सञ्जीव शर्मा दास बलात्कारीको रक्षक बनेर उभिए ।
  •  जेल सजाय भोग्न तयार बलात्कारीलाई छाडिदिए । उल्टै बलात्कारपछि हत्या गरिएका बालिकाको परिवारलाई प्रताडना दिन थाले ।
  •  प्रहरीको भरपर्दो साथ पाएपछि बलात्कारीका आफन्तले पनि पीडित परिवारमाथि यातना दिन थाले ।
  •  धम्क्याउने, थर्काउने र कुटपिट गरेर ज्यान जोगाउनसमेत मुस्किल बनाए ।
  •  डीएसपी सञ्जीव शर्माले मृतककी आमालाई ‘छोरी राम्री भएपछि बलात्कार गरिहाल्छन् नि’ भन्नेसम्मको अभिब्यक्तिसमेत दिएका थिए ।
  •  ती डीएसपीले पीडित परिवारलाई चुपचाप रहन र सहेर बस्नसमेत धम्की दिन थाले ।
  •  न्यायको खोजीमा मृतकका आफन्त अनेकतिर भौंतारिए । कसैले साथ दिएन ।
    दौडधुपमा लाखौं खर्च गरे ।
  •  यसरी टिक्न नसकेपछि उनीहरू आफ्नो वासस्थान नै छाडेर विस्थापित भए ।
  •  केही जग्गा त्यतिकै छाडेर विस्थापित हुन लागेको देखेपछि ती डीएसपीले बरु ती जग्गा आफ्नो नाममा पास गरेर जान दवाव दिए ।
  •  विस्थापित भएर पीडित परिवार ज्याला मजदुरी गर्दै सिन्धुली कष्टपूर्ण जीवन जिउँदै थियो ।
  •  यसबीचमै जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर अर्का डीएसपी गए ।
  •  उनले बलात्कारपछि हत्या गरिएकी बालिकाको हत्यारालाई प्रहरीले पक्राउ गरेर पनि छाडेको थाहा पाए ।
  •  त्यसपछि उनले घटनको फाइल खोले र अनुसन्धान अघि बढाए ।
  •  त्यसबेला प्रहरीले पीडितलाई थप पीडिा दिएको र दोषीलाई नियतवश नै जोगाएको रहेछ भन्ने नयाँ डीएसपीले थाहा पाए ।
  •  त्यसपछि उनी हत्याराको खोजीमा लागे र केही महिनाअघि नेपाल–भारत सीमाबाट उनलाई पक्राउ गरेर ल्याए ।
  •  बलात्कारपछि हत्या गर्ने ब्यक्ति अहिले जेलमा छ ।
  •  पाँचर्वअघि हत्यारा जोगाउने ती डीएसपी सञ्जीव शर्मा अहिले प्रहरी प्रधान कार्यालयमा रहेछन् ।
  •  प्रहरी प्रधान कार्यालयले उनको कामको खोइ कसरी मूल्यांकन गर्यो कुन्नि अहिले एसपीमा बढुवाका लागि सिफारिस गरेछ ।
  •  तर, उनको बढुवा सिफारिसको सामाजिक सञ्जालहरूमा चर्को विरोध भयो ।
  •  गृहमन्त्री जनार्दन शर्माले पनि त्यो विरोध देखे र विरोधको कारण पनि बुझे ।
  •  उनलाई पनि फिटिक्कै चित्त बुझेनछ । र, प्रहरी प्रधान कार्यालयलाई ती डीएसपीलाई बढुवा होइन, तुरुन्त निलम्बन गरि उनीमाथि अनुसन्धान गर्न आदेश थिए ।
    *********************************
  • हामी नेपालीलाई काम गरेर देखाउने मान्छे चाहिएको हो । न्याय मरिसकेको छैन, गरीवले पनि ढिलोचाँडो न्याय पाउँछन् भन्ने आशा दिलाउनुभएको छ । स्यावास गृहमन्त्री शर्मा ।