पु.समाचार

प्रधानमन्त्रीको निर्देशन सचिवहरुद्वारा बेवास्ता

काठमाडौं । राजधानीका सढकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भईरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समसया समाधान हुन कठिन हुने भएको छ ।

आइतबारको नागरिकमा लेखिएको छ, प्रधानमन्त्री शेर बहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आईतबार सडकका खाल्डा पुरेर ब्यवस्थित बनाउन निर्देशन दिएका थिए ।

तर प्रधामन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरु छलफलमै ब्यस्त रहेकोले तोकिएको समयमा काम पुरा हुन नसक्ने देखिएको छ ।