आर्थिक

स्थापनाको सात बर्षमा मेगा यसरी हुंदैछ, मुलुककै सबैभन्दा ठूलो बैंक

काठमाण्डौ । मेगा बैंकका प्रमुख कार्यकाी अधिकृत अनिल केशरी शाहले बैंकको चुक्ता पुजी यस आर्थिक बर्षभित्र झण्डै साढे नौ अर्ब पुग्ने बताएका छन् । मेगा बैंकको सातौं बार्षिकउत्शबको अवशरमा उक्त बैंकको केन्द्रीय कार्यालय कमलादीमा पत्रकारहरुसंग बोल्दै उक्त पुजी भएपछि मेगा बैंक नेपालको नै सबैभन्दा ठूलो बैंक हुने दाबी गरेका छन् ।

मेगा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका शाहले सबै बैंकका कर्मचारीहरुको अथक मेहेनत र सहयोगले बैंकले उक्त प्रतिफल हाँशिल गरेको बिचार ब्यक्त गरेका छन् । उनले प्रोमोटर शेयर मार्फत ६५ प्रतिशत शेयर हाल्ने ब्यवस्थाको शुरुवाती भईसकेको जानकारी दिदै उक्त प्रोमोटर शेयरबाट दुई अर्ब ९७ करोड ८५ लाख ३४ रुपैंया ३३ पैसा संकलन हुने विश्वास रहेको बताए।

उक्त कार्यक्रममा ६५ प्रतिशत राईट शेयर बैंकले ल्याउने जनाउदै २० वटा साखा कार्यलय खोल्ने जनाए । उनले राष्ट्रबैंकको नियमानुसार ११ वटा स्थानीय तहमा समेत साखा खोलिने बताए । बैंकले एस्योरेन्सको समेत ब्यवस्था गरेको जानकारी दिदै, जिवन बीमाका लागी नेपाल लाईफ ईन्स्योरेन्स र निर्जिवनका लागी बिभिन्न कम्पनीसंग सम्झौता भएको जानकारी दिए ।

बैंकका अध्यक्ष भोजबहादुर शाहले संस्थापक अध्यक्ष प्रा.डा.मदन कुमार दाहाललाई स्मरण गर्दै बैंकले चाँडैनै सात प्रदेशमा आफ्ना प्रादेशीक हेडक्वार्टरहरु खोल्ने बताएका छन् । अध्यक्ष शाहले प्रदेश नम्बर ५को वुुटबलमा उदाहरणीय रुपमा हेडक्वार्टर खोल्ने कार्य शुरु भएको जानकारी दिदै विज्ञहरुसंग आफूहरु छलफलमा रहेको बताए ।
देश संघीय संरचना अनुसार गएकाले कसरी प्रभाबकारी ढंगले अगाडी बढ्न सकिन्छ भनेर वित्रहरुसंग सल्लाहमा रहेको भन्दै बैकले कृषि, पर्यटन र जलविद्युतमा सम्भाब्यता औंल्याउदै अगाडी बढ्ने बताए । अध्यक्ष शाहले बैंकको संचालक समितिले कार्यकारी अधिकृत शाह र उनको टिमलाई ५ बर्षे कार्यक्रम ल्याएर अगाडी बढ्न आग्रह गर्दै अहिलेसम्म भएका प्रगतीको जस प्रमुख कार्यकारी अधिकृत शाहकै भएको बताएका थिए ।
मेगा बैंमा अहिले ४७ वटा साखा, ५० वटा एटिएम् काउण्टर, १५ सय स्थानमा मेगा रेमिट र ५८ स्थानमा साखारहित बैंकिगं संचालनमा छ ।