राजनीति

नेपाली कांग्रेसले गर्यो एक्कासि ‘बोल्ड निर्णय’, अब के गर्ला एमालेले ? फेरि देखियो मुठभेडको संकेत !

काठमाण्डौ । नेपाली कांग्रेसले संसदमा विचाराधीन रहेको संविधान संशोधन प्रस्ताव तत्काल अघि बढाउने निश्कर्ष निकालेको छ । सो पार्टीको राजधानीमा सम्पन्न दुई नम्बर प्रदेश स्तरीय भेलाले यस्तो निश्कर्ष निकाल्दै संशोधन प्रस्तावबारे अब ‘बोल्ड निर्णय’ गरेर जाने निर्णय गरेको हो ।

राजधानीमा दुई दिनसम्म चलेको भेलाले निकै समय अघिदेखि संसदमा विचाराधीन संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने लगायत आगामी असोज २ गते तोकिएको तेश्रो चरणको स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो नम्बरमा विजय गराउने तयारीलाई समेत तिव्रता दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

भेलाले संविधान संशोधन पास गर्न संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोधकको रुपमा देखिएकोले उसलाई पनि संशोधनको पक्षमा आउन आह्वान गरेको छ ।

श्रोतका अनुसार भेलामा चुनावअघि नै संविधान संशोधन प्रस्तावलाई इमान्दारिताका साथ संसदमा निर्णयार्थ पेस गर्ने र जसले अवरोध गर्छ उक्त कुरा जनतामा स्पष्टताका साथ लिएर जाने निर्णय गरिएको जनाइएको छ । इमान्दारिताका साथ संशोधन प्रस्तावलाई प्रस्तुत गर्दा एमालेले त्यसको अवरोध गरे, संविधान संशोधन गर्न एमालेले अवरोध गर्यो भन्ने कुरालाई जनतामा एजेन्डा बनाएर लैजाने कांग्रेसको तयारी रहेको देखिन्छ ।

त्यसरी इमान्दारिताका साथ संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्दा एमालेले अवरोध गर्न नसक्ने समेत बैठकमा निश्कर्ष निकालिएको बताइएको छ । संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेस गर्ने तयारीसँगै राजपा पनि चुनावमा भाग लिन आउने र सबैको सहभागितामा चुनाव सम्पन्न गर्ने विश्वास कांग्रेसले लिएको छ । भेलामा ५ बुँदे राजनीतिक प्रस्तावसहित अन्य प्रस्तावहरु पनि पास भएका छन् ।

कांग्रेसको यो निश्कर्षपछि अब के गर्ला एमालेले ?
नेपाली कांग्रेसले जसरी पनि संविधान संशोधन प्रस्तावलाई संसदमा निर्णयार्थ पेस गर्ने निश्कर्षका साथ निर्णय गरेपछि अब एमालेको कदम के होला ? भन्ने प्रश्न उठेको छ । एमालेले अहिले संशोधन प्रस्तावलाई अघि बढाउन नमिल्ने भन्दै कडा अडान लिइरहेको छ ।

एमालेको माग सकिन्छ भने सबै तहका निर्वाचन पछि मात्र यो विषयमा प्रवेश गरौं, सकिदैन भने तेश्रो चरणको निर्वाचन सम्पन्न भएपछि यसमा प्रवेश गरौंला भन्ने छ । तर राजपालाई दुई नम्बर प्रदेशको चुनावमा सहभागी गराउन भन्दै कांग्रेसले जसरी पनि संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्ने निश्कर्ष निकालेको छ ।

यसले अब फेरि एकपट मुलुकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच टक्कर देखिने भएको छ । यसले दुई नम्बर प्रदेशको निर्वाचन समेत प्रभावित हुन सक्ने जानकारहरु बताउँछन् ।
यस्ता छन् कांग्रेसको प्रदेशस्तरीय दुई दिने भेलाले पास गरेका प्रस्तावहरुः