पु.समाचार

एकै परिवारका चारजना मृत अवस्थामा भेटिए

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–७ बसपार्कमा होटल सञ्चान गरेर बसेका एकै परिवारका चारजना मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरीका अनुसार बसपार्कमा गौतम होटल सञ्चालन गरिरहेका राजन दाहाल, उनका बुबा, आमा तथा बहिनी शुक्रबार बेलुका मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरुको शव भेटिएको होटल भित्र विषका केही खाली सिसा पनि फेला परेको प्रहरीले जनाएको छ । । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।