राजनीति

गगन थापाको परिवारसँग जोडिएको एउटा अनौठो सत्य, जसबाट लाखौं नेपालीहरुले सिक्न सक्छन् !

काठमाण्डौ । नेपाली कांगेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापा आफैमा एक सरल र लोकप्रिय नेता हुन् । उनको जीवशैलीका बारेमा धेरै कुराहरु बाहिर आएपनि केही कुराहरु भने बाहिर आएका हुँदैनन् ।

उनी आफ्नो परिवारमा कसरी घुलमिल हुन्छन् र परिवारलाई दिने समयको व्यवस्थापन कसरी गरिरहेका हुन्छन् भन्ने विषयमा केही दिनअघि एक सञ्चारमाध्याममा उनले एउटा निकै घतलाग्दो प्रसंग बाहिर ल्याएका थिए ।

त्यो के भने उनी नेपालभित्रका जुनसुकै स्थानमा भएपनि समय छ भने आफ्नो परिवारका लागि बेलुका अबेरसम्म घर पुगिहाल्छन् । गगन थापाको आफ्नो नीजि परिवारमा ४ जना सदस्यहरु छन् ।  जसमा उनीसहित पत्नी अन्जना केसी र दुई साना नानीहरु रहेका छन् । यद्यपि, उनको परिवार संयुक्त परिवार भएकोले अन्य सदस्यहरु पनि रहेका छन् ।

गगन थापा आफैमा अति व्यस्त कांग्रेसका युवा नेता हुन् । देशबाहिरको भ्रमणमा रहँदा तत्काल घर आउन नपाउने भएपनि उनले दैनिक फोन गर्ने गरेको र देशभित्र हुँदा समय भएसम्म छोरीको मायाले समेत आफुलाई घरमा तान्ने रहस्य उनले खोलेका थिए ।

 नेपालभित्र रहेका बेला समय छ भने जहाँ भएपनि घर पुग्ने गरेको उनी बताउँछन् । त्यसले गर्दा उनको परिवार सँधै खुसी र सुखी देखिन्छ । पत्नी अन्जना पनि राजनीतिको महत्व बुझ्ने राजनीतिज्ञहरुको जीवनलाई बुझ्ने भएकोले खासै समस्या नआउने थापा बताउने गर्छन् ।

सरदर रुपमा रहेका अन्य नेपाली परिवार र राजनीतिक नेता कार्यकर्ताहरुको परिवारभन्दा निकै खुसी, सुखी, पृथक र अनौठो ढंगले अघि बढेको देखिन्छ युवा नेता थापाको पारिवारिक जहाज, जसले उनको राजनीतिक उचाईलाई सँधै टेवा दिइरहेको छ ।

थापाको सानो परिवार भएपनि बुबा–आमासहित घरमा अन्य सदस्यहरु समेत भएकोले उनको बृहत परिवार छ । त्यसैले उनको पारिवारिक व्यवस्थापन मिलेको उनले बताउने गरेका छन् ।

राजनीतिक कार्यक्रममा अति व्यस्त हुँदा पनि आफ्नो परिवारका सदस्यको लागि निकै चासो राख्ने थापाको यो शैली सबैले अनुकरण गर्न लायक निकै राम्रो व्यवहारिक पक्ष हो ।

त्यसैले उनको यो खुसी र सुखी परिवारका केही सुःख र खुसीका तस्वीरहरुलाई हामीले यहाँ फिचरको रुपमा प्रस्तुत गरेका छौ । उनको यो खुसी र सुखी परिवारमा सँधै खुसी छाइरहोस् । हाम्रो पनि शुभकामना ।