आर्थिक

एनआईसी एसीया बैंकले २० औं बर्षगाँठ सम्ममा यस्तो गर्यो प्रगती

काठमाडौ । एनआईसी एसिया बैंकले सेवा गरेको १९ बर्ष पुगेर २०औँ बर्ष लाग्दा आर्थिक बर्ष २०७३/२०७४ को बार्षिक बिवरण प्रस्तुत गरेको छ । उक्त बैंकले गत बर्ष १ अर्ब ७ करोड खुद मुनाफा गरेको थियो भने यस बर्षमा १ अर्ब ४८ करोड खुद मुनाफा गरेको जानकारी गराएको छ । गत बर्षको तुलानामा यो बर्ष ३९ प्रतिशतले बृद्धी भएको हो । साथै बचत अन्तर्गत गत आर्थिक बर्ष भन्दा यो बर्ष २६ प्रतिशतले बृद्धी गरेको छ भने कर्जा अन्तरगत १२ प्रतिशतले बृद्धी गरेको छ ।

हाल सम्म यस बैंकको ११९ वटा शाखा, यो बर्षभित्र ७० वटा एटिएम्, ४ वटा विस्तारित काउन्टर रहेको छ भने यो बर्ष भित्रमा २०० भन्दा बढी शाखा, ६ महिना भित्रमा ३०० भन्दा बढी एटिएम बुथ, चार हजार रेमिट्यान्स काउण्टर पुर्याउने लक्ष्य राखेको बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसालले बुधबार काठमाण्डौमा गरिएको पत्रकार सम्मेलनमा बताएका छन् । यस बैंकले आज सम्ममा ५ अर्ब ६० करोड रुपैंया शेयरधनिलाई लाभांश स्वरुप वितरण गरेकोे छ ।

यस बैंकका ग्राहक संख्या निक्षेप अन्तरगत ६ लाख, कर्जा लिनेमा २८ हजार, मोबाईल बैंकिङ्ग सेवा लिने १ लाख ३० हजार, एटिएम सेवा लिने १ लाख २० हजार र ईन्टरनेट बैंकिङ्ग सेवा लिनेमा २७ हजार रहेका छन् । यस बैंकले एक बर्ष भित्रमा ९५ अर्ब सम्म ऋणमा लगानी र जम्मा बापत १ खर्ब १५ अर्ब पुर्याउने लक्ष राखेको छ । साथै यस बैंकले ८ हजार वृक्षरोपण गरेको छ र हुर्काउने समेत जिम्मा लिएर वातावरण स्वच्छ बनाउने अभियानमा लागेको छ ।
बैकले २०५४ साल श्रावण ५ गते बिराटनगरबाट नेपाल ईण्डस्ट्रियल एण्ड कमर्सियल बैंकको नामबाट क्षेत्रीय बैंकको रुपमा शुरु गरी हालसम्म आईपुग्दा बैंकको आकार ठूलो हुनुका साथै शिक्षा, स्वास्थ्य, खेलकुद, वाताबरण जस्ता सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान गरेको छ ।
उक्त बैंक ०७० साल असार १६ गते एनआईसी बैंक र बैंक अफ एसिया मर्ज गरी बिधिवत रुपमा एनआइसी एसिया बैंक भएको हो । कुल निक्षेप भने बैंकले ८५ अर्ब पुर्याएको छ ।

बैंकले यसै आर्थिक बर्षभित्र २०० भन्दा बढी शाखारहित बैंकिगं सेवा, ओएस दुईहजार भन्दा बढी, रेमिट्यान्स पेआउट संखया १० हजार भन्दा बढी बनाउने लक्ष समेत उक्त कार्यक्रममा सार्बजनिक गरिएको छ। बिद्युतिय प्रणलीलाई ब्यबस्थि तगर्दै आश्वा प्रणालीलाई अनलाईनबाट खाता खोली शेयर आबेदन दिन मिल्ने बनाउने, अनलाइनबाट खाता खेल्न मिल्ने बनाउने, कर्जा स्वीकृतिमा झमेला नहुने गरी छिटोछरितो प्रणलीको बिकास गर्ने योजना रहेको बताएको छ ।

लघुबित्त कम्पनी स्थापना गरी दुर्गम क्षेत्रमा समेत बैंकको पहुंच पुर्याउने कार्य शुरु गरिने, अनलाईन बैंकिगंलाई अझ प्रभाबकारी बनाउने समेत कार्यकारी अधिकृत रिसालले बताए । बैंक अफ द ईयर समेत भएकोले बैंकले पछिल्लो समयमा निकै फड्को मारेको आर्थिक क्षेत्रका विज्ञहरुले समेत बताउने गरेका छन् ।