पु.समाचार

संविधान संसोधन वाहेकका राजपाको अन्य माग सम्वोधन गर्न सरकार तयार

नया संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टीका माग चाडै सम्वोधन गर्न सरकार तयार भएको छ । संसदमा अलपत्र संविधान संसोधन विद्ययेकलाई तुरुन्तै मतदान प्रकृयामा लैजाने र त्यस वाहेकका मुद्धालाई चाडै सम्वोधन गर्न सकार तयार देखिएको हो । बुधवार राष्ट्रिय जनता पार्टीका नेताहरुसंगको छलफलमा प्रधानमन्त्री शेरवहादुर देउवाले संविधान संसोधन विद्ययेकलाई तुरुन्तै संसदमा मतदान प्रकृयामा लैजाने र बाँकी विषयलाई चाडै सम्वोधन गर्ने वताएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुवीच भएको छलफलमा अबको दुई तीनदिन भित्र राजपाले अघि सारेको संविधान संसोधन वाहेकका अन्य माग सम्वोधन गर्न सत्तारुढ दलहरु सहमत भएका हुन् । तर राजपाका नेताहरुले संविधान संसोधन विद्येयकलाई मतदान प्रकृयामा लैजादा संसदमा वहुमत नपुग्ने भन्दै विद्ययेक पास नहुने भन्दै मतदान प्रकृयामा नलैजान आग्रह गरेका थिए ।
वैठकमा प्रधानमन्त्री देउवाले आन्दोलनताकाका मुद्धा फिर्ता लिने, घाईतेको उपचार खर्च र मृतकलाई सहिद घोषणा, मृतकका परिवारलाई राहत लगायतका माग तीन दिन भित्र सम्वोधन गर्ने प्रतिवद्धता राजपाका नेताहरु समक्ष गरेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
बुधवारको बैठमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रस नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ लगायतका नेता उपस्थित थिए भने राजपाका तर्फवाट अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर, राजेन्द्र महत्तो, अनिल झा लगायतका नेता उपस्थित थिए ।