पु.समाचार

महन्त ठाकुरले कर्के नजरले पत्रकारलाई भने – प्रश्नै बेईमानी , अलिकती पनि उ…छैन ?

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले बुधवार एक पत्रकारलाई झोक्किदै प्रश्न वेईमानी हो भन्दै आक्रोस पोखे । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुसंग छलफल गरेर बाहिरिदै गर्दा पत्रकारले वैठकका विषयमा जिज्ञासा राखे । पत्रकार समक्ष आएर उनले सरकाले बारम्बार एउटै कुरा दोहोरियाउने गरेको र आजपनि त्यसकै निरन्तरता भएको भन्दै, बारम्वार एउटै कुरा कति सुन्नु त्यस उपरान्त अरु केही भएको छैन ,संविधान संसोधनका विषयमा पछि…..भन्दै तर्कीन खोजे । त्यस लगत्तै त्यहा उपस्थित पत्रकाले अब तपाईहरु चुनावमा जाने कि नजाने भन्दै अर्को प्रश्न गरे । प्रश्न सुन्नसाथ ठाकुर झोक्किए, उनले भने – यो प्रश्नै बेइमानी हो । हामी चुनावमा जाने तर आन्दोलनमा पक्राउ परेका हाम्रा नेता कार्यकर्ता जेलमा छन् । यस्तो अवस्थामा तपाई हरु सोध्नु हुन्छ चुनावमा जाने कि नजाने ?
यतिकैमा उनको रिस कम भएन, उनले कर्के नजर लगाउदै भने– अलिकत पनि उ छैन ?  हँ…। आखिर सधै शान्त र शालिन स्वभावका देखिने ठाकुर आज यसरी पत्रकार संग झोक्किए ? सरकारले राजपाको मुल मुद्धा संविधान संसोधन लाई सम्वोधन नगरेको रिस पत्रकालाई पोखेका हुन् ? या अरु केही ?