समाचार

चट्याङले लागेरआमा छोरीको मृत्यु

मोरङको लेटाङमा चट्याङले लागेर एकै परिवाका २ जनाको मृत्यु भएको छ । बुधवार विहान मुसलधारे वर्षासंगै परेको चट्याङले लागेर लेटाङ नगरपालिका २ स्थित पुरानो बजारका ४७ वर्षीया चन्द्रा तामाङ र उनकी छोरी १९ वर्षीया सुस्माको मृत्यु भएको लेटाङ प्रहरीले जनाएको छ ।
विहान ७ वजे खेतमा काम गरिरहेको समयमा चट्याङले लागेर घाईते भएका दुवै आमाछोरीको धरान स्थित विपी कोराईराला स्वास्थय विज्ञान प्रतिष्ठान पुरियाए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।