राजनीति

काँग्रेसले १३ र माओबादीले ८ मन्त्रालय पाउनेगरी मन्त्रीपरिषद विस्तार हुंदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र्)का अध्यक्ष पुष्पकमल दाहाल बीच सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँड र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल टुंगोमा पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित बैठकमा थप १३ मन्त्रालय नेपाली काँग्रेसले र ८ मन्त्रालय माओबादी केन्द्रले पाउने माओबादी र काँग्रेसले नाम टुंगयाएपछि मन्त्रीपरिषद विस्तार गर्ने समझदारी बनेको छ ।

मन्त्रीपरिषद विस्तारको अन्तिम टुंगो भने आज बैठक बसी छलफललाई बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले जानकारी दिए। बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, काँग्रेस नेता विमलेन्द्र निधि र रमेश लेखक सहभागी थिए ।

मिडियामा मन्त्रीपरिषद विस्तार हुने समाचार आईरहेपनि प्रधानमनत्री देउवाले उक्त विस्तार गर्न सकेका छैनन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको दबाबका कारण बिस्तारमा ढिलदा भएके आरोप लगाएपनि उक्त आरोपको प्रधानमन्त्री कार्यालय स्रोतले खण्डन गरेको छ ।  सके बुधबार नै विस्तार हुने नसके बिहीबारसम्मा मन्त्रीपरिषद विस्तारको कार्य कसैले रोक्न नसक्ने दावी उच्च स्रोतको छ ।