आर्थिक

कर पछ्र्यौट आयोगका सदस्यलाई लुकाएको भन्ने आरोपमा काँग्रेस नेता डा.महतले दिए यस्तो प्रतिकृया

काठमाण्डौ । पूर्व अर्थमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता डा. रामशरण महतले आफूलाई कर पछ्र्यौट आयोगका सदस्यलाई लुकाएको भनेर लागेको आरोप निराधार र बद्नाम गराउने उद्येश्यले प्रेरित भएकोमात्र नभई हाँस्यास्पद समेत भएको बताएका छन् ।

कर पछ्र्यौटको मुद्धा अदालतमा विचाराधिन भएकोले आफूले बोल्नु आवश्यक नभएको विचार ब्यक्त गर्दै आफू बिरुद्ध लगाईएका आरोपहरु गलत भएक र उक्त आरोपको लागी आफू फेस गर्न तयार रहेको बताएका छन् ।

१२ अर्ब राजश्व उठ्ने मूलूकमा सात सय अर्ब राजश्व उठ्नु आफू अर्थमन्त्री हुंदा कर पछ्र्यौट आयोग गठन गर्नु, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका कामहरु गरेकाले भएको खुलासा गर्दै आफूले डुबेको अर्थतन्त्र उकास्ने काम गरेको दावी गरेका छन् ।

निकै भावुक मुद्रामा काठमाण्डौको एक कार्यक्रममा बोल्दै डा. महतले आफूले मुलुकको अर्थतन्त्र उकास्ने काममा महत्वपूर्ण योगदान गरेपनि बेला बेला बद्नाम गराउन खोज्दा दुःख लाग्ने समेत बताएका थिए ।