समाचार

सरकार यी दरबारतर्फचाहि आँखा लगाउनुपर्दैन !

काठमाण्डौ । राणाकालिन दरबार भत्काएर नयाँ भवन बनाउन आजकल एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनकि केन्द्र सिंहदरबारलाई बर्षातबाट जोगाउन बल्ल प्लास्टिकले छोपेर जोगाएको छ ।

तर अन्य दरबारको विषयमा कुनै चासो देखाएको छैन । सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, पुरातात्विक महत्वका झन्डै तीन दर्जन दरबार जोगाउने विषयमा सरकार उदासिन देखिएको छ ।