समाचार

सर्बोच्च अदालतमा आफूले ब्यापक परिवर्तन गर्ने गोपाल पराजुलीको दावी

काठमाण्डौ । सर्बोच्च अदालतका प्रस्तावित प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीले सर्बोचच अदालतमा मुस्कान सहितको सेवा लागू गर्ने रणनीतिमा आफू लागको बताएका छन ।

सर्बोच्च अदालत हिरोईज्जम गर्ने ठाँउ नभएर निश्पक्ष रुपमा न्याय दिने नियाय भएको बताउदै आफू उक्त पदमा आशिन भए न्यायालयभित्रका बिकृति विसंगतीलाई हटाउन लागी पर्ने बताएका छन् ।

संसदीय सुनुवाई बिशेष समितिको बैठकमा उपस्थित भएका पराजुलीले ६९ बुंदे कार्ययोजना पेश गर्दै आफूले पछिल्लो समयमा बढ्दै गएको बैदेशीक रोजगारबाट बढेका अपराधहरुलाई निरुत्शाहीत गर्न समेत प्रयास गर्ने बताएका छन् ।
अदालतमा १५ प्रतिशत मात्र नागरिकको पहुंच पुगेकोमा दुःख ब्यक्त गर्दै आफूले उक्त प्रतिशत बृद्धि गर्ने दावी समेत गरेका छन् । आईतबार नै उनको फाईल प्रधानन्यायाधीशको नियुक्तीका लागी अगाडी बढाईएको छ ।