समाचार

यसरी मिचिदैछ पशुपतिको जग्गा !

काठमाण्डौ । पशुपति क्षेत्र विकासको जग्गा धमाधम अतिक्रमणमा पर्न थालेको छ । कोषले वेवास्ता गर्दा सिफलको चौर र भण्डारखाल उत्तर-पश्चिम क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो ।

आइतबारको नेपालमा समाचार पत्रमा लेखिएको छ, केही व्यक्तिसँगको मिलेमतोमा पर्खाल लगाउने बहानामा करोडौंको जग्गा अतिक्रमण गर्ने खेल शुरु भएको छ ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारीको मिलेमतोमा भण्डारखालको उत्तर-पश्चिममा धमाधम जग्गा अतिक्रमण गर्ने काम भइरहँदा पनि कोषका कर्मचारी भने बेखबर पाइएका छन् ।