राजनीति

समान हैसियतको माग राख्दै नेपाल विद्यार्थी संघका नेता सर्वोच्च अदालतमा !

काठमाण्डौ । नेपाल विद्यार्थी संघका एकजना विद्यार्थी नेताले सिटीइभिटीबाट लिइने परीक्षा प्रणाली अमिल्दो भएको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने भएका छन् । नेविसंघका स्कुल अफ हेल्थ साइन्स इकाई समिति, चितवनका सचिव सुभास कोइराला उक्त परीक्षा प्रणालीलाई सही रुपमा व्यवस्थापन गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालत जान लागेका हुन् ।

सचिव कोइरालाले एक विज्ञप्ति जारी गर्दै राज्यको एकै निकायबाट लिइएको परीक्षामा उही स्तर (ग्रेड) आएपनि समान हैसियतको दर्जा नपाउने अवस्थालाई रोक लगाउनका लागि आफुले सर्वोच्च अदालतको ढोका ढक्ढकाउन वाध्य भएको बताएका छन् । उनले सर्वोच्च अदालतले यसको निराकरण गर्ने विश्वास समेत लिएका छन् ।