विशेष

प्रधानमन्त्री पत्नी आरजु राणालाई यसरी पनि चिनिँदोरहेछ, यस्तो छ उनको अचम्मलाग्दो भित्री परिचय !

काठमाण्डौ । नेपालमा जुनबेला जो प्रधानमन्त्री हुन्छ, तब उसँग जोडिएर आउने परिवार र त्यसका सदस्यहरु समेत सबैको नजरमा पर्ने गर्छन् । उनीहरुका गतिविधिहरुलाई समेत सबैले नियालिरहेका हुन्छन् । प्रधानमन्त्री पत्नी, छोराछोरी र अन्य सदस्यहरुका गतिविधि राजनीतिसँग जोडिएका छन् कि छैनन्, त्यसमा सबैले ध्यान केन्द्रीत गरिरहेका हुन्छन् । अहिलेसम्म भएका नेपालका प्रधानमन्त्रीहरुमध्ये धेरैका परिवारका सदस्यहरु राजनीतिमा नलागेको पनि पाइएको छ । केही प्रधानमन्त्रीहरुका पत्नीहरु पनि राजनीतिमा लागेका देखिन्छन् ।

केही आफ्नो नीजि काम र अध्ययन, अध्यापनमा व्यस्त रहेका देखिन्छन् । यसैक्रममा हाल मुलुकका प्रधानमन्त्री रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा र उहाँकी पत्नीको सवालमा पनि त्यस्तै देखिएको छ । मुलुककै प्रथम महिलाकी रुपमा देखिएकी प्रधानमन्त्री पत्नी डा.आरजु देउवा राणाका बारेमा जान्ने कौतुहलता सबैलाई हुन्छ । सोही सवालमा हामीले प्रधानमन्त्री पत्नी आरजुको बारेमा केही खोजमुलक सामाग्रीहरु यहाँ प्रस्तुत गरेका छौ ।

डा.आरजु राणाको परिचय

आरजू राणा देउवा नेपाली कांग्रेसकी नेतृ हुन्। डडेलधुरा,असीग्राम स्थायी ठेगाना भई काठमाडौंं, बुढानीलकण्ठ निवासी ४५ वर्षीया आरजु राणा देउवा हाल समानुपातिक तर्फबाट चुनिएर नेपाली कांग्रेसका सभासद छिन् । भारतबाट मनोविज्ञानमा विद्यावारिधि (पीएच्डी) गरेकी सभासद देउवा आफ्ना श्रीमान् प्रधानमन्त्री शेरबहादुर देउबाको उत्प्रेरणाबाट राजनीतिमा सक्रिय भएको बताउँछिन्।

राप्रपा नेत्री आफ्नी आमा प्रतिभा राणा लामो समयदेखि राजनीतिमा क्रियाशील रहेकाले समेत राजनीतिप्रति आफ्नो चाख बढेको बताउने देउवा नेपाली काङ्ग्रेसको महासमिति सदस्य छिन्। राज्यका प्रत्येक अंगमा महिलाको उचित प्रतिनिधित्व भएपछि मात्र मुलुक विकासको मार्गमा द्रुत गतिले अघि बढ्न सक्ने उनको विश्वास छ।

राजनीति बाहेक एनजिओ, आईएनजिओ, शिक्षा र स्वास्थ्य जस्ता सामाजिक क्षेत्रका दर्जनौं संघ संस्थाहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागीता जनाएकी प्रधानमन्त्री पत्नी आरजु देउवा, राणा परिवारकी भएपनि सहयोगी भावनाकी भएकी उनी निकट एक काँग्रेस केन्द्रीय सदस्यले सुर्यखबरलाई बताइन् । एक छोराकी आमा देउवा सुरक्षित मातृत्व संजालुको संचालनमा समेत सक्रिय छिन्। देशमा बाढी आयो, भूकम्प गयो भने अगाडी नै सययोग गर्न सकृय भूमिका खेल्ने डा. देउवा समाजसेवा र विशेष गरी महिला सशक्तीकरण उनको विशेष रुचिको क्षेत्र भएको देखिन्छ।

यसरी पनि चिन्न सकिन्छ डा.आरजुलाई 

अहिले मुलुककै प्रथम महिलाको रुपमा रहेकी डा.देउवा मन्त्री बन्ने सम्भावनाका खबरहरु पनि बाहिर आइरहेका छन् । यद्यपि, यो विषयमा आधिकारिक पुष्टि भने भएको छैन । राणा परिवारमा जन्मिएर ५० को दशकमा तत्कालीन गृहमन्त्रीको रुपमा रहेका शेरबहादुर देउवासँग विवाह बन्धन बाँधिएकी आरजु राजनीतिका अतिरिक्त सामाजिक क्षेत्रमा समेत निकै सक्रिय छन् । थुप्रै गैरसरकारी संघ संस्थामार्फत उनले सामाजिक अभियानहरु सञ्चालन गरिरहेकी छन् ।

प्रधानमन्त्री पत्नीको रुपमा नहेरी उनलाई अर्को दृष्टिकोणबाट हेर्दा उनलाई एक सामाजिक अभियन्ता भन्दा फरक नपर्ला । डा.आरजुको नेतृत्वमा भएका सामाजिक अभियानहरुलाई नियाल्ने हो भने सबैभन्दा बढी आधारभूत समुदायममा केन्द्रीत देखिन्छन् । त्यसैले उनलाई राजनीतिभन्दा बाहेक एक सामाजिक अभियन्ताको रुपमा समेत चिन्न सकिन्छ, जसले उनको राजनीतिक यात्रालाई सहज बनाइरहेको छ ।

देउवा सभापति हुनुमा डा.देउवाको हात

डा. आरजु देउवाकै सकृय सहयोगका कारण ६० बर्ष काँग्रेसको रराजनीतिमा लागेर पनि पूर्व संस्थापन पक्षको पेलाईबाट माथी उठ्न नसकेका काँग्रेसका तत्कालीन बरिष्ठ नेता शेरबहादुर देउवा १३ महाधिवेशनमा नेपाली काँग्रेस जस्तो मुलुककै सबैभन्दा ठूलो पार्टीको सभापति भएको बताईन्छ । डा. आरजुको आदेशमा प्रधानमन्त्री चल्ने भन्ने बिबाद भने आरजुका नाममा बेला बेलामा आएपनि वास्तविक रुपमा उनी क्षमतावान र सकारात्मक सोच भएकी महिला हुन् भन्दा फरक नपर्ला । उनका बिरुद्धमा मिडियामा बेला बेला बिबाद आईरहेपनि उनले त्यसको आलोचनात्मक रुपमा उत्तर नदिनु पनि सकारात्मक पक्षबाट हेर्ने गरिन्छ ।