समाचार

प्रधानमन्त्री देउवाले एक्कासि चालेको एउटा कदमले पत्रकारहरु हिस्स !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी सचिवालयका लागि गरिएको एउटा राजनीतिक नियुक्तिको विषयलाई लिएर असन्तुष्टि देखिएको छ ।
प्रधानमन्त्री देउवाले केही दिनअघि आफ्नो सचिवालय अन्तर्गतको प्रेस विभाग हेर्ने भन्दै पत्रकार गोविन्द परियारलाई प्रेस संयोजकमा नियुक्ति गरेका थिए ।

प्रधानमन्त्री देउवाले सो कदम उठाउनुअघि त्यो पदमा जान कांग्रेस निकट थुप्रै पत्रकारहरु आकांक्षी थिए, तर देउवाले अन्नपूर्ण पोष्टमा कार्यरत परियारलाई प्रेस संयोजक बनाएपछि नेपालकै बरिष्ठ पत्रकारका रुपमा चिनिने किशोर नेपालदेखि अन्य थुप्रै पत्रकारहरु हिस्स परेका छन् । ले प्रधानमन्त्रीको प्रेश सल्लाहकार हुन लविङ गरिरहे पनि प्रधानमन्त्री देउवाले उनीहरुलाई नियुक्त नगरी सचिव स्तरको सुविधा मिल्ने गरी गोबिन्द परियारलाई नियुक्त गरेपछि देउवालाई तीन दशक देखि सयहयोग गरिरहेका पत्रकारहरु रुष्ट भएको उक्त दौडमा रहेका एक जना पत्रकारले सुर्यखबरलाई बताए ।
काँग्रेसले दलितलाई केहि पनि गरेन भन्ने आरोपको खण्डन भने उक्त नियुक्तीले गरेको देखिन्छ । परियार दुईदशक भन्दा बढी उक्त क्षेत्रमा कृयाशील पुराना र अनुभवि पत्रकार हुन् ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार अर्थात प्रेस संयोजकमा आकांक्षा राख्ने कांग्रेस निकट पत्रकारहरुमा बसन्त उपाध्याय, बद्री सिग्देल, किशोर नेपाल, समिरजंग शाह, प्रशु घिमिरे लगायत रहेका थिए ।