पु.समाचार

एक हजार ४४२ भ्रष्ट कर्मचारीले एक अर्ब बिदेश भ्रमणमा यसरी स्वाहा पारे

काठमाडौं । पछिल्लो दुई महिनामा सरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश मण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाब मात्र हो ।

ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन् । ‘यस अवधिमा कर्मचारीहरु अन्टार्टिकाबाहेक सबै महादेश पुगेका छन्,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।

दुई महिना अवधिमा १ हजार ४ सय ४२ सरकारी कर्मचारीले ४९ देश भ्रमणका लागि सरकारबाट स्वीकृति लिएको भेटिएको छ । दुई महिनामा ३९ वटा समूहमा गरी १ सय ८ कर्मचारी दक्षिण कोरिया भ्रमणमा गएका छन् ।

यसअघि ४८ समूहमा गरेर ९० जनाले विदेश भ्रमण गरेका छन् ।

नागरिक दैनिकका अनुसार, विभिन्न मुलुकको भ्रमण गर्ने कर्मचारीमा अस्ट्रेलिया ६०, अस्ट्रिया ३, बहमास ४, बहराइन ७, बंगलादेश २२, बेल्जियम २२, भुटान १, कम्बोडिया १५, चिली ७ र चीन ६६ जना छन् । यीलगायत कैयन देशको भ्रमणमा कर्मचारी गएका छन् ।