राजनीति

विप्लवको बन्दका दिन सडक जाम, यात्रुहरु रोमान्टिक मोडमा

काठमाण्डौ । आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्धा लगाई प्रहरीले पके्रको आरोप लगाउदै नेपाल बन्द गरेको माओबादी विप्लप समूहको बन्द असफल भएको छ । बन्द असफलमात्र होईन, काठमाण्डौमा बन्दका दिन जाम भएको देखिन्छ ।

यसबाट के देखिन्छ भने या त नेपाली जनताले बन्द हड्ताल मन पराउन छाडेर बिरोध स्वरुप बन्दको अवज्ञा गरेका हुन् या त विप्लवको पार्टी कमजोर भएर बन्द गराउन असफल भएको हो ।

मंगलबार बिहान भएपछि सामाजिक सञ्जालमा बन्द फिर्ता लिन विभिन्न ब्यावशायी लगायतबाट दबाब आएपनि कार्यालय समय हुंदै गर्दा विस्तारै पुतली सडक, कोटेस्वर लगायतका स्कानमा गाडीके जाम अरुबेलाको जतिकै देखिनुले बन्दले राजधानी लगायतका स्थानमा प्रभाब पारेन भन्ने देखिन्छ ।

यात्रुहरु बन्दको दिन पनि जाम भएको देख्दा केहि खुसी देखिन्थे भने कोही रोमान्टिक मोडमा नै देखिन्थे । अरु दिन यात्रुहरु बन्दले हैरान भएपनि मंगलबारको बन्दमा फरक रुपमा देखिन्थे ।

बन्द हड्ताल गर्नु राम्रो होईन भनेपनि राजनीतिक दलहरुले बन्द हड्तालको संस्कार छाडेका छैनन् ।