मनोरञ्जन

कुन अंगमा किस गर्नुको मतलब के हुन्छ ?

भावनालाई दर्शाउँछ किसले
‘चुम्बन गर्नु’ भनेको मायाको इजहार गर्नुको राम्रो तरिका हो । हो हजुर, आफ्नो मायाको इजहार गर्न चुम्बन बाहेक अरु कुनै राम्रो माध्यम हुनै सक्दैन । एउटा मायाले भरिएको किसले दिन भरिको थकाइ, उझेलपनदेखि मुक्त गरेर तपाइलाई मायाले भरिएको संसारमा लैजान्छ । तर के तपाइलाई थाहा छ, कि ‘किस’ले मायाको साथ–साथ भावनाको पनि इजहार गर्छ । यानी हरेक अंगमा अलग–अलग भावनाले चुम्बन दिइने गरिन्छ । यदि तपाइ पनि जान्न चाहनुहुन्छ कि कुन अंगमा किस गर्नुको के मतलब हुन्छ भने हेर्नुहोस र जान्नुहोस् ।

गालामा किस
गालामा किस गर्नु भनेको साधारण कुरा हो । प्रेम र स्नेहको इजहार गर्नको निम्ति यसरी किस गर्ने गरिन्छ । त्यसैले गालामा किस गर्नाले जो–कोहि प्रति तपाइको माया र स्नेहा दर्शीन्छ ।

निधारमा किस
निधारमा किस गर्नुको मतलब यो हो कि, ऊ सँधै तपाइको साथमा रहनेछ । प्राय ठूलाबडा मानिसहरु निधारमा किस गर्ने गर्दछन् । निधारमा किस गर्दा तपाइको घबराहटपन दुर हुने गर्दछ र तपाइभित्र एक प्रकारको अनौठो आत्मबिश्वास जाग्दछ ।

हातमा किस
यदि कोही तपाइको हातमा किस गर्छ भने, यसको मतलब त्यो मान्छे तपाइलाई माया गर्दछ । कसैको प्रशंसाको निम्ति पनि हातमा किस गरिन्छ । कहिले काहि कोही–कोही आफ्नो राम्रो भावनालाई व्यक्त गर्नको निम्ति पनि हात चुम्ने गर्छन् ।

पेटमा किस
यदि तपाइको पार्टनर तपाइको पेटमा किस गर्न चाहनुहुन्छ भने त्यसको मतलब उहाँले रोमान्स गर्नको लागि आफ्नो माइन्ड मेकअप गरिसक्नु भयो भन्ने कुरा बुझ्नुहोस् । पेटमा किस गर्नाले तपाई भित्र भएको सेक्स को तिव्र चाहनालाई जन्माउने गर्छ ।

फ्रेन्च किस
जोशले भरिपुर्ण, रोमान्टिक र हट भनेर चिनिन्छ फ्रेन्च किस । एक अर्काको ओठ जोडेर लामो समय सम्म जिब्रो जुधाई आनन्द लिइने गरिन्छ फ्रेन्च किस गर्दा । यो किस संसार भरि नै धेरै चर्चित छ ।

आजकलका जोडिहरु धेरै जसो यो किस रुचाउने गर्दछन । यो किस स्वास्थको लागि पनि राम्रो मानिन्छ, झन्डै १२० क्यालोरिज शरिर बाट घट्ने गर्दछ १ घण्टा लामो फ्रेन्च किस गर्नाले । –एजेन्सी सहयोगमा