समाचार

रामकुमारी झाँक्रीको सात्तो लिने स्थानीय कांग्रेस कार्यकर्तामाथि यस्तो षडयन्त्र !

काठमाण्डौ । केही दिनअघि एमाले नेतृ रामकुमारी झाँक्रीले आफ्नै गृहजिल्लाका एक कांग्रेस कार्यकर्तालाई धम्की दिएको अडियो रेकर्ड भाइरल भएको थियो । सो अडियो रेकर्डमा नेतृ झाँक्री गुल्मीका एक शिक्षक एवम् कांग्रेस कार्यकर्ता बोमबहादुर कुँवरमाथि खनिएकी थिइन् । त्यसलगत्तै उक्त अडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भयो । वास्तवमा त्यसपछि नेतृ झाँक्रीले सो घटनाका बारेमा आत्माआलोचना गर्ने शैलीमा प्रतिक्रिया नै दिनुपरेको थियो । उक्त घटनापछि ती कांग्रेस कार्यकर्ताले आफुमाथि सबैको ध्यान केन्द्रीत भएको र अप्रत्यक्ष रुपमा षडयन्त्रमुलक ढंगले फेक आइडीहरु बनाएर आफ्नो चरित्रहत्या गर्ने क्रम सुरु भएको बताउन थालेका छन् ।

उनले आफु सामान्य शिक्षक र कांग्रेस कार्यकर्ता भएकोले झुट्टा फेसबुक आइडीहरु खोलेर तथानाम गाली गर्नुभन्दा प्रत्यक्ष रुपमा निर्धक्क कुरा गर्न आग्रह गरेका छन् । कुँवरले एमालेको केन्द्रीय नेतृत्वसँगै यस्तो टक्कर लिएपछि अब आफुले खाएको जागिर पनि खुस्किने भन्दै केही साथीहरुले चिन्ता जाहेर गरेको र केही साथीले भने त्यसो भैहाले आफुहरु साथमै रहेको आश्वासन दिएको समेत बताएका छन् । उनले नेतृ झाँक्रीले लगाएको आरोप र फोन रेकर्डसँग जोडिएको उक्त घटनालाई आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै  पनि यसरी प्रष्ट्याएका छन् ।

आदरणीय मित्रहरु हुन त “कसैले तपाईं भनोस नभनोस आफै मपाई ” भने जस्तो हुन सक्छ। एकपटक पढेको कथा,एकपटक हेरेको चलचित्र र चिनेका मान्छेको बारेमा लेखिएको लेख एउटै हो।मलाई थाहा हुदाहुदै पनि म मेरो बारेमा केही लेख्न बाद्द्य भएको छु।

बिशेषत: रामकुमारी दिदिले भोजबहादुर सरको घर आउने भए आइजा नत्र…… भने पछि मलाई नदेखेका र नचिनेका हजारौं साथीहरूले मोबाईल र अन्लाईन मार्फत “तपाईं निरीह हुनुहुदोरहेछ।एउटा निजिश्रोत बाट बालमन्दिर भन्ने बिधालयमा जागिर खानुभएको रहेछ। तेहि पनि अब एमालेका मित्रहरुले केन्द्रीय नेतृको तेस्तो धम्की सुने पछि के तपाईंको जागीर राखिदेलान त? तर पनि नडराउनु होला साथमा हामी छौ सम्म भन्नुभएको छ।” साथीहरूको यो सहानुभूति र चिन्तनले बास्तममा म निरीह र बिचरा नै भएको देखाउछ। मित्रहरू म प्रती जुन सद्भाव,सहानुभूति र दया देखाउनु भयो म उहाँहरू प्रती हृदयत आभार व्यक्त गर्न चाहन्छु।” सधैभरी हजुरहरुको जयहोस।

अनि अर्को कुरा मित्रहरूले मलाई गाली पनि गर्नु भएको छ। अघिल्लो फोन कलमा त तपाईं रामकुमारी लाई नराम्रा शब्द प्रयोग गरेर गाली गलोज गर्नु भयो रे नि त? भन्नुभएको छ।

आदरणीय मित्रहरू! रामकुमारी दिदिले टेलीफोन मार्फत विभिन्न मिडिया बोलेका कुराहरु मैले पनि सुने।उहाका कुरा सुन्दा मलाई रीस भन्दा बढ्ता हासो लाग्यो।किनकी दिदिले भन्नुभएको छ- ” अघिल्लो फोनमा उनले मलाई आक्रमक शैलीमा गाली गरेका थिए ।पछि उनले योजनाबद्ध तरिकाले फोन रेकर्ड गर्नुपर्ने रहेछ र सफ्ट र मिठो भाषा प्रयोग गरेका रहेछ्न भन्नुभएको छ। अनि थप्नुभएको छ, यो उस्को बिबेकले नभइ उस्लाई कांग्रेसले प्रयोग गरि षड्यन्त्रपुर्ण ढंगले मलाई फसाइएको हो अब यस्ता ब्याक्ती बाट सजक हुनुपर्ने भन्नुभएको छ”।

यस्मा दिदिले एउटा कुरा ठिक गर्नगर्न खोज्नुभएको त्यो के भने ” यस्ता ब्याक्तिशीत जोगिन पर्ने पाठ सिके भन्ने ठाउमा अब यस्ता शब्द बोल्नु हुँदैन भन्ने भनेको भए” असाध्यै मिल्थ्यो।

मलाई राम्रोसँग थाहा छ,” चेलीबेटी सङ्ग झुठो बोल्यो वा दुर्व्यवहार गार्यो भने पाप लाग्छ” भन्ने मेरो बुवाआमाले भन्ने गर्नुहुन्छ,” दिदिबहिनीलाई गाली त के नराम्रो सोछे पनि पाप लाग्छ भन्नुहुन्थ्यो “तसर्थ मैले उहालाई पहिले नै “म रामकुमारी झाक्री हु भनेपछि दिदी भनेर संबोधन गरे अनि उहाले जति गाली गरेपनी म मुख छाड्न सकिन।

दिदिलाई यो पनि थाहा नभएर होला ” यस्को फोनमा सबै कल रेकर्ड हुन्छन् भनेर” मेरो मोबाइल नै यस्तै परेछ, रेकर्ड नगरौ भन्दा पनि आफै मोबाईलले नै रेकर्ड गर्छ म के गरौं ? कहिलेकाही त यसैको बारेमा पनि घरमा ठ्याक्क ठुक्क पर्छ।अब कुरो रहयो ” यस्लाई कांग्रेसहरुले प्रयोग गरेका हुन भन्ने” तेसो होइन बरु मैले कांग्रेसीहरुलाई प्रयोग गर्न खोज्छु। नपताए सोध्नुहोला । प्रायः बैठकमा फरक र प्रगतिशील बिचार राख्ने मान्छे मध्येको एउटा म पनि हुँ। तसर्थ मलाई कसरी कांग्रेसले प्रयोग गर्छ?

सायद २०७४ साल असार १६ गते बिहान ११:०९ र ११:२४ बजेको दुईवटा फोन कलमा के भएको रहेछ भन्ने बारेमा यहाँ भन्न्दा बढी भन्नु नपर्ला। तसर्थ मित्रहरू भ्रममा नपर्नु होला।र यो घटना भए पछि केही मैले राम्रो सङ्ग चिनेका मित्रले फेक आइडी बनाई मेरो बारेमा नराम्रो नराम्रो लेख्नुभएको छ।

म उहाँहरु सङ्ग हासिहासी अनुरोध गर्न चाहन्छु।मित्रहरु ! “म नेता होइन , एउटा शिक्षक हु “।तसर्थ म सङ्ग निर्धक्क कुरा गर्न सक्नुहुन्छ । मेरो कर्तव्य अरुबाट ज्ञान आर्जन गर्ने, राम्रो लाई सम्मान गर्ने र खराबलाई सकभर असल बनाउने हो। त्यसैले म सङ्ग डराउनु पर्दैन।बेकारमा फेक आइडी बनाएर एकछिन पर्दा पछाडीबाट तपाईंलाई क्षणिक त आनन्द होला तर दुरगामी असर पर्न सक्छ। तसर्थ भ्रम नपर्नु होला।