खेलकुद

बंगलादेश र श्रीलंकासँगै नेपाल समूह ‘बी’मा

काठमाडौं । १८ वर्षमुनिको साफ फुटबल प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । बंगलादेश र श्रीलंका नेपालसँगै समूह ‘बी’मा परेका छन् । समूह ‘ए’ मा भारत, बंगलादेश र भुटान छन् ।

प्रतियोगिता आगामी असोज २ गतेदेखि ११ गतेसम्म भुटानको थिम्पुमा हुँदैछ । प्रतियोगितामा पाकिस्तान सहभागी हुने छैन ।

यसअघि दक्षिण एशियाली फुटबल खेलेको अफगानिस्तान मध्य एसिया फुटबल एशोसियसनमा आवद्ध भएकोले यो प्रतियोगिता खेल्ने छैन ।

नेपालको पहिलो खेल असोज ३ गते श्रीलंकासँग, दोस्रो खेल असोज ७ गते माल्दिभ्ससँग हुनेछ ।