राजनीति

कांग्रेसका यी ९ युवा नेता, जसलाई सरकारमा लगे देउवामात्र होइन, नेपाली कांग्रेसकै ऐतिहासिक विजय हुन्छ !

काठमाण्डौ । कांग्रेस सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवा यसबेला सरकार विस्तारको तयारीमा रहेका छन् । सरकार गठबनधनमा रहेको माओवादी केन्द्र लगायतका दलहरुबाट सरकारमा सहभागी हुने नेताहरुको नाम तय भैरहेको छ । नेपाली कांग्रेसले पनि सरकारमा सहभागी हुने नेताहरुको नाम निक्र्योल गरिरहेको बताइएको छ । यसैबीच कांग्रेसबाट सरकारमा लैजान नेताहरुका बारेमा सो पार्टीभित्र गम्भीर बहस समेत भैरहेको बुझिएको छ । विशेषगरी कांग्रेस नेता–कार्यकर्ताहरुले वर्तमान सरकारमा सहभागी हुने नेताहरुको नाम सन्तुलित ढंगले मिलाउनुपर्ने विषयमा दबाब दिइरहेको बुझिएको छ ।

पार्टीको संस्थापन पक्ष, रामचन्द्र पौडेल पक्ष, कृष्ण सिटौला लगायतको समुहलाई समेत मिलाएर सरकारमा लैजाने नेताहरुको सुची तयार भएको बताइए पनि कार्यकर्ता पंक्तिबाट भने युवा नेताहरुलाई सरकारमा सहभागी गराउनुपर्ने माग उठिरहेको छ । कांग्रेसका आधारभूत कार्यकर्ताहरुको मागलाई सम्बोधन गर्ने हो भने कांग्रेसले तत्काल केही युवा नेताहरुलाई सरकारमा लैजानुपर्ने देखिन्छ । लामो समय बुढा पुस्ताले पार्टी र सरकार चलाएको कांग्रेसभित्र केही त्यस्ता युवा नेताहरु रहेका छन्, जसलाई सरकारमा लगिए कांग्रेसको प्रतिनिधित्व गर्दै उदाहणीय काम गर्न सक्ने निश्चित छ ।

अघिल्लो पटक स्वास्थ्यमन्त्री भैसकेका युवानेता गगन थापाले यो कुराको पुष्टि समेत गरिसकेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भैसकेका थापाले निकै राम्रो काम गरेर उदाहारण समेत प्रस्तुत गरिसकेका छन् । त्यसैले थापाको लेवलका अन्य थुप्रै युवा नेताहरु कांग्रेसभित्र रहेका छन् । जसलाई देउवा नेतृत्वको सरकारमा सहभागी गराईए सभापति देउवा मात्र होइन, नेपाली कांग्रेसनै इतिहासमा सफल पार्टीको रुपमा दर्ज हुने जानकारहरु बताउँछन् ।

यी हुन् कांग्रेसभित्रका सरकारमा लैजान योग्य युवा नेताहरु
नेपाली कांग्रेसभित्र थुप्रै युवा नेताहरु छन्, जसले सरकारमा राम्रो प्रतिनिधित्व गर्न सक्छन् । यसको उदाहरण सो पार्टीका केन्द्रीय सदस्य गगन थापाले प्रस्तुत गरिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेर निकै राम्रा उदाहरणहरु प्रस्तुत गरिसकेकोले सोही लेवलका अन्य नेताहरुलाई पनि सरकारमा लैजान कांग्रेस कार्यकर्ताहरुले दबाब दिइरहेका छन् । सभापति देउवाले यो पटक पनि गगन थापालाई दोहोर्याए निकै राम्रो हुने बहस चलिरहेको छ ।

गगन थापाका अलवा चन्द्र भण्डारी, धनराज गुरुङ, रामहरि खतिवडा, दिपक खड्का, उदयशम्शेर राणा, रञ्जित कर्ण, राजिव शाह र बद्री पाण्डे लगायतका युवा नेताहरुलाई सरकारमा समावेश गराए प्रधानमन्त्री देउवा सो सफल भएको ठहरिने जानकारहरु बताउँछन् । यद्यपि, कांग्रेसभित्र माथि उल्लेखित युवा नेताहरु जस्तै अन्य युवा नेता पनि छन् तर उनीहरु अहिले सांसद छैनन् ।

गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल लगायतका नेताहरु पनि मिम्मेवारी दिए राम्रोसंग सम्हाल्न सक्ने युवा नेताहरुमा पर्छन् तर साँसद नभएका कारण सरकारको नेतृत्वमा बस्न सक्दैनन्  । विश्वप्रकाश शर्मालाई प्रधानमन्त्री देउवाले राजनीतिक सल्लाहाकारमा नियुक्त गरिसकेका छन् भने अरु युवाहरु मूख्य भूमिका पाउनबाट बञ्चित देखिन्छन् । सरकारमा समाबेश गर्दा केहि प्रभाबकारी काम हुनसक्ने  युवा नेताहरुलाई भने सरकारमा जसरी पनि लैजानुपर्ने आवाज उठिरहेको छ ।