राजनीति

विराटनगर महानगरमा भारी मतको अन्तरमा कांग्रेस विजयी, एमाले हिस्स !

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सो महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली विजयी भएका हुन् । पराजुली २३०३१ मत प्राप्त गरी सो महानगरपालिकाको मेयरमा विजयी भएका छन् । उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका विनोद ढकालले १७३२१ मत प्राप्त गरेका छन् ।  त्यस्तै, सो महानगरपालिकको उपमेयरमा कांग्रेसकै इन्दिरा कार्की विजयी भएकी छन् । कार्कीले २०१८६ मत प्राप्त मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक फोरमकी उम्मेद्वार रहेकी थिइन् ।

मुलुकका चुनाव सम्पन्न भएका चार महानगरपालिकाममध्ये नेपाली कांग्रेसले २ वटामा जित हासिल गरेको छ । यसअघि कांग्रेसले ललितपुर महानगरपालिकामा विजय हासिल गरेको थियो । अन्य दुईवटा महानगरपालिका काठमाण्डौ र पोखरामा नेकपा एमालेले विजयी हासिल गरेको छ । काठमाण्डौ महानगरमा पराजित भएको कांग्रेसले मुलुककै सबैभन्दा ठूला महानगरमध्ये एक विराटनगर महानगरपालिका जितेर क्षतिपूर्तिलाई सन्तुलित बनाउन सफल भएको छ ।