विचार/ब्लग

नेपाली काँग्रेसमा यसकारण अबको सभापति र देशको प्रधानमन्त्री डा. शेखर कोईराला हुनुपर्छ

दोस्रो चरणको स्थानिय तह निर्वाचन सकिएसंगै त्यसको परिणाम पनि करिब करिब अन्तिम चरणमा आइसकेको छ। देशकै पुरानो र प्रजातन्त्रको प्रार्दुर्भाव भएको चर्चित शहर बिराटनगरको नतिजा तर्फ सबैको ध्यान केन्द्रित भएको अवस्थामा काँग्रेसका उमेदवार भिम पराजुली भारी मतान्तरले बिजय भएपछि कोहि त्रसित त कोहि हर्सित बनी रहेकाछन्।

पछिल्लो समयमा काँग्रेस सभापति देउवाको लाहपर्वाही र मनोमानीका कारण टिकट बितरणमा गम्भीर त्रुटि भएको र पहिलो चरणको चुनावमा अपेक्षित जित हासिलगर्न नसकेको भनी केन्द्रिय समिती मै चर्को आलोचना गर्दै आएका नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बिराटनगर महानगरपालिकामा जित्ने उमेर्द्वारलाई टिकट दिनुपर्छ भनेर माग गर्नाले प्रदेश नम्बर १ को अघोषित ाजधानीको मात्र नभएर देशकै साख बचाउन सफल भएका छन् । डा. कोईरालाले स्थानीय रुपमा लोप्रीय मानिएका पाजुलीलाई टिकट दिन नेतृत्वले अश्विका गर्दा टिकट वितरण गर्ने अन्तिम दिन बैठक नै बहिस्कार गरेको समाचार आएको थियो ।

 –अर्जुन कुमार खड्का
केन्द्रदेखि वडासम्म गुटबन्दीको सिकार बन्दै आएको नेपाली काँग्रेस देउवा सभापति भएदेखी उनका आसेपासेहरु आफुले टिकट पाउनुपर्छ भनेर महिनौ दिनदेखी बुढानिलकण्ठ वरिपरी धुपौरिमा सुगन्धित धुप राखेर परिक्रमा र आरधाना नगरेका होइनन् , पुजा आर्चना देखि खुसी बनेका देउवाको चाहाना पनि उनैको सेवकलाइ नै चित्तबुझाउन सकुँ भन्ने नै थियो तर सत्यका हिमायती डा. शेखरको दबाबले उनिहरुको सपना तुहाइदियो र भिम पराजुलीले टिकट पाए।

वास्तबमा बिराटनगरमा भिम पराजुली ब्यक्तिगत रुपमा निकै परिचित र लोकप्रियता कमाएका ब्यक्ती हुन्, नगरसभापती रहँदा उनले स्थानियबासिमा लगाएको गुनको प्रतिफल यो चुनाबी परिणामले दिएको छ । तर यो चुनावमा भिमको जित वा हार जे भएपनी साचिकै डा. शेखर कोइरालाको नैतिकतासंग जोडिएको थियो, यदि भिमले हारेको हुन्थ्यो भने शेखरको आज सम्मको त्याग र पार्टी प्रती कमाएको लोकप्रियता माथिनै प्रश्न उठ्ने खतरा थियो। सकेसम्म भिमलाइ हराउनु भन्दा पनि शेखर कोइराला लाई पङगु बनाउन देउवा गुटका असन्तुष्ट पक्ष ले व्यापक अन्तर्घातको गोटि पनि नचालेका होइनन्, जुन तथ्य अधिकाँस वडाहरुको मत परिणामले देखाइ सकेको छ। तर पार्टी भित्रका केही अवसरबादीहरुले कुभलो चिताएर मत नदिए पनि भिमको व्यक्तीगत लोकप्रियताका कारण बोनस मत अत्याधिक खसेको छन् जसले अन्तर्घातीहरुको दाँतमा ढुङ्गो लागेको छ।

आफ्नै प्रतिश्ठालाई दाउमा राखेर भएपनी कोइराला र काँग्रेसको बिरासत जोगाउन केन्द्रसँग पौंँठाजोरी खेल्ने शाहसिक नेता डा. शेखर कोइरालाको यो आदम्य शाहस प्रती सबैले चर्चा र प्रशंसा गरिरहेका छन्। चुनावको दिन समेत साइकल चढेर हरेक मतदान स्थलमा निरिक्षण गरेका थिए, डा. कोईालाले भीमलाई टिकट दिलाएनन् मात्र निर्बाचनभरि बिराटनगर बसेर जिताईछाडे ।

हुन त संबिधान जारी भएपछी शहर छोडेर गाउँ गाँउमा काङ्ग्रेस खोजी गर्न आफ्नै खर्चमा देशका अधिकाँस स्थानमा संगठन बिस्तार गर्दै देश र जनताको दुःख बुझ्न नहिडेका होइनन्, उनको यो कार्यले कमाएको प्रभावशालिता र लोकप्रियताका कारण नेपाली काँग्रेसको केन्द्रीय राजनितिमा भुकम्प नै गएको छ, त्यसैले उनलाइ माओ–काँग्रेस गठबन्धन सरकारमा समेत सामेल गराइएन। जाली–झेलीहरुको गुटबाट रुष्ट बनेका कोइरालाले आफ्नै बुँतामा सङगठन दह्रो बनाउदै वीपी कोईरालाको मुल बाटो समाएकाछन्, उनी जननेता वीपी कोइरालाका सच्चा अनुयायी देखिएका छन् ।

त्यसको प्रत्यक्ष प्रभाव दोस्रो चरणमा सम्पन्न भएको बिराटनगर महानगरको परिणामले देखिएको छ । किनभने जहाँ जहाँ देउवाले आफ्नो पकेटका मान्छेलाई टिकट दिए त्याहाँको अधिकाँस स्थान हारेका छन्, अहिलेसम्मको परिणाम अन्तर्गत वीपीकै सिद्धान्तमा अडिग पुरानो संस्थापन पक्षले धेरै जित हासिल गरेको छ, एमालेसंग झिनो अन्तरमा काँग्रेस दोस्रो हुनु पनि डा. शेखर कोईरालाको पछिल्लो देश ब्यापी भएका कार्यक्रमको भ्रमणको नतिजा हो, यसमा मूख्य भूमिका डा. कोईरालाको नै छ ।

गुट बनाएर सत्ताको दुरुपयोग गर्दै देशको ब्रम्हलुट गर्नेहरुको पतन शुरु भएको छ, भन्ने कुरा खुम बहादुर, देउवा, लगायतको जिल्लाको नतिजाले देखाइदिएको छ, समयसंगै आफुलार्इ जनताको मर्म र भावनासंग बदल्न सक्ने त्यागी नेता डा. कोइरालालाई सिध्याउन धेरै षढ्यन्त्र नभएका हैनन् तर अब देश र काङ्ग्रेसले बुझी सकेको छ कि आगामी अधिवेशनले शेखर कोइराला काँग्रेसको सभापती बन्दै देशको नेतृत्व सम्हाल्ने एक मात्रै बिकल्प हो। बिराटनगर महानगरका बिजयंसगै अब देश र जनताको अफर, डा शेखर चाहेका छन् । नेपाली काँग्रेसको सभापति र भावी प्रधानमन्त्री भएको नेपाली जनताले हेर्न चाहेका छन् ।