राजनीति

नेपाली कांग्रेसले उपमहानगरमा विजयको खाता खोल्यो, मेयर र उपमेयर दुवैमा जित

धनगढी । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सो उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका हुन् ।

 मेयरमा कांग्रेसका नृप वड १४३२४ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा कांग्रेसकै विजयी भट्टले १७४०८ मत ल्याएर जित हासिल गरेकी छन् ।

वडका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्रका उम्मेद्वार गोपाल हमालले ११५२७ मत प्राप्त गरेका थिए भने भट्टका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेद्वारले १२७६३ मत प्राप्त गरेकी थिइन् ।