आर्थिक

जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँशाखा

फुकुओका, जापान । जापानवाट नेपाल लगायत विश्वका बिभिन्न देशहरुमारेमिटेन्स कारोवार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापान स्थित फुकुओकाको हाकातामा नयाँशाखा विस्तार गरेको छ । आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामाथप एक शाखा गत शुक्रबारबाट संचालनमा ल्याइएको हो ।

आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख एवम् एनआरएन जापानका उपाध्यक्ष टक गैरे लगायतको उपस्थितिमा नयाँशाखाको शुभारम्भ गरिएको हो । शाखा कार्यालय उद्घाटनका क्रममा संक्षिप्त मन्तब्य ब्यक्तगर्दै आइएमईका प्रमुख कार्याकारी अधिकृत सुमन पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नामआउने हुँदा यसको छुट्टै पहिचान रहेको बताउदै पैसा पठाउने बिश्वाशिलो र भरपर्दो ब्राण्डको रुपमा आइएमईलाई लिएकोमा सबैलाई धन्यवादव्यक्त गरे ।

टोकियो पछि नेपाली विद्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले नेपाली विद्यार्थी सहित सबैको लागि सहज होस् भन्ने उदेश्यले फुकुओकामा शाखा विस्तार गरिएको हाकाता शाखा प्रमुख राम कृष्ण श्रेष्ठले बताए । नयाँ शाखा विस्तारसँगै क्योदाई रेमिटेन्स ले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुको लागि विशेष अवसरमाहुने छलफलमा निशुल्क बैठक हल उपलब्ध गराउने समेत बताइएको छ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंकतथावित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको कम्पनीले जनाएको छ ।