पु.समाचार

आज पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन, यस्तो छ जन्मोत्सवको भव्य तयारी

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ९शुक्रबार० ७१ औं जन्मदिन मनाउनेभएका छन् । शुक्रबार ७० बर्ष पुरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ ।

निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त र ११ बजेदेखि सर्वसाधारणका लागि समय छुटयाइएको छ ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, विहान १० बजेबाट राजधानीका आधा दर्जन स्थानबाट झाँकीसहित पूर्वराजालाई भेट गर्ने कार्यक्रम तय गरिएको विश्व हिन्दू युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिए ।