पु.समाचार

राजपाको विवाद उत्कर्षमा, जनकपुरमा यादवको पुत्ला जलाइयो !

काठमाण्डौ । पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन ।

मधेस राजनीतिका अग्रणी नेता स्व। गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको हो ।

यता मधेसी जवनताको भावना विपरीत गएको भन्दै जनकपुरधाममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको छ ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, केही आक्रोसित युवाले यादवले मधेसीहरुको भावनामा ठोस पुग्ने अभिव्यक्ति पदएको भन्दै उनलाई सचेत हुन आग्रह समेत गरे ।