आर्थिक

एनआईसी एशिया बैंकको नयाँ शाखा कालिकोटमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको नयाँ शाखा खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मा, कालिकोटमा एक समारोहका बिच खडाचक्र नगरपालिकाका मेयर जसि पाण्डे तथा कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाहीद्वारा संयुक्त रुपमा विधिवत् समुद्घाटन भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११७ शाखा कार्यालयहरु संचालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।