पु.समाचार

आज मन्त्रीमण्डल विस्तार हुँदै, यस्तो छ प्रधानमन्त्री देउवाको तयारी

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लागेका छन् । पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले हिजो (बुधबार) देउवाले रामचन्द्र पौडे ल पक्षसँग नाम मागेका थिए । तर पौडेल पक्षले कुन कुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि बुधबार साँझ मन्त्रालय भागवण्डाको तयारी भएको छ ।

देउवाले पौडेल पक्षलाई ४ वटा र कृष्णप्रसाद सिटौलालाई एउटा मन्त्रालय दिने बताउनुभएको देउवा निकट स्रोतले जानकारी दिएको छ । वर्तमान संयुक्त सरकारमा कांग्रेसले १२ वटा मन्त्रालय राख्ने माओवादी केन्द्रसँग सहमति भएको छ । देउवाले पार्टीभित्रको गुट व्यवस्थापन गर्न पौडेल र सिटौला पक्षलाई ५ वटा मन्त्रालय दिने र अन्य मन्त्रालय आफ्नो पक्षलाई दिने तयारी गरेका छन् ।

बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ, पार्टीभित्रको भागबण्डा मिलेमा प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रीमण्डलको विस्तार गर्ने तयारी गरेका छन् ।