पु.समाचार

उर्लाबारीको प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले

उर्लाबारी (मोरङ) । उर्लाबारी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका खड्ग फागोले ११ हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपालसिंह जिमीले आठ हजार ५४२ मत प्राप्त गरे । उक्त नगरपालिकामा कुल २४ हजार ६३३ मत खसेको थियो ।

त्यस्तै उपप्रमुखमा एमालेका लक्ष्मी भण्डारीले नौ हजार ५३९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सीता कार्कीले नौ हजार २८० मत प्राप्त गरे ।

मोरङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको उर्लाबारी नगरपालिकामा काँग्रेसले पाँच वटा वडा अध्यक्ष र एमालेले चारवटा वडा अध्यक्षमा विजयी भएका छन् ।