विचार/ब्लग

जनताले सोधेका २० प्रश्न यस्ता छन् प्रधानमन्त्री ज्यू, अहिले एउटामात्र राम्रो काम गर्नुस सधैं जनताको मनमा बस्नुहुन्छ !

काठमाण्डौ । सबैभन्दा ठूलो पार्टी समेत भएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । प्रधनमन्त्री देउवा यसभन्दा अघि तीन पटक प्रधानमन्त्री बनेका कारण अनुभवका बिषयमा त प्रश्न गर्ने ठाँउ नहोला । सम्माननीय प्रधानमन्त्री  देउवाले बिगतको अनुभबलाई कत्तिको सदुपयोग गर्छन् त्यो भने हेर्न बाँकि नै छ ।प्रधानमन्त्री सधैं सबैतिरको राजनीतिक घेराबन्दीमा हुनेकुरा स्वभाबिक नै हो तर मुलुकको कार्यकारी प्रमुखले सबैकुरा मिलाउनुपर्ने दायीत्व हुन्छ, उक्त दायीत्वलाई सफलतापूर्वक निर्बाह गर्नु सफलता हुनेछ ।

-बाबुराम आचार्य

भीमसेन थापा देखि देउवासम्म आउदा मुलुकमा कति प्रधानमन्त्रीहरु फेरिएका छन् त ? बिभिन्न राजनीतिक आरोह अबरोहलाई पन्छाउदै राणा शाशन, राजा महेन्द्रको तानाशाही राजतन्त्र र त्यसपछि संबैधानिक राजतन्त्र हुंदै गणतन्त्र सम्म आईपुग्दा मुलुकमा प्रधानमन्त्रीहरुका कस्ता कस्ता तस्विरहरु देख्न पाईरहिएको छ त ? भन्ने महत्वपूर्ण प्रश्न उठाउन जरुरी देखिन्छ । फोटोमात्र टाँस्ने र चिल्ला गाडीमात्र प्रधानमन्त्री भन्दा मुलुकका लागी अतुलनीय योगदान दिन सक्ने प्रधानमन्त्री चाहिएको नेपाली जनतालाई चाहिएको हो । तर अहिलेसम्म जनताले सोचेको जस्ते प्रधानमन्त्री किन पाएन त ? प्रधानमनत्रीलाई नेपाल र नेपाली जनताको माया नभएको पनि नहोला, के हो त शत्य त्यो बनिसकेका प्रधानमन्त्रीहरुलाई थाहा होला । तर उनीहरुलाई माया भएपनि किन देशको जति बिकास हुनुपर्ने हो त्यो हुन सकेन त ? किन सधैं बर्ष दिन वा त्यो पनि पुग्न नपाउदै सररकारहरु परिवर्तन हुन्छन् ? किन भारत, चीनसंगको स्थायी सीमा ब्यबस्थापन हुंदैन ? किन आन्तरिक समस्याहरु झन दिनका दिन बढेको बढ्यै छन त ? यस्ता बुंदागत २० प्रश्नहरु नेपाली जनता र देशले प्रधानमनत्रीलाई सोधेको छ, प्रधानमन्त्रीले उत्तर दिने कि नदिने ?

प्रधानमन्त्रीले उत्तर दिने कि नदिने ?
१.प्रधानमन्त्री बन्नका लागी अराजनीतिक गतिबिधी जस्तै १० बर्षे हिंशात्मक जनयुद्ध, सिद्धान्त नमिलेपनि भईरहेका विभिन्न पार्टीहबीचको तालमेल जस्ता पद, प्रतिष्ठा र आर्थिक लाभका लागी जे पनि जर्गे राजनीतिक संस्कारको अन्त्य भएन?

२.प्रधानमन्त्रीमा भारदारहरुलाई मारेर आफैंलाई श्री ३ घोषणा गर्ने इतिहाँसलाई बिर्षेर बर्ष बर्षमा सधैं सिंहदरबारमा फोटोमात्र टाँस्ने प्रचलनको अनत्य गर्दै किन ५ बर्ष कसैले पनि हटाउन नसकिने कानुन बनाउन सकिएन ?

३. प्रधानमन्त्रीका लागी कुनै राजनीतिक दल भारतसंग, त कुनै राजनीतिक दल चीनसंग नतमस्तक नभई उक्त पदमा आसीन हुन नपाईने प्रचलनलाई किन अन्त्य गरिदैन?

४. बिजुलीको बिल वा बैंकसंग लिएको ऋणको ब्याज तिर्न एक दिन मात्र ढिलो हुंदा उपभोक्ता वा ऋणीले तिनुपर्ने पेनाल्टी जस्तै राजनीतिक दलका घोषणापत्रमा भएका कुराहरु पुरा नभए दल र सम्बन्धीत पार्टीका उमेर्द्वाहरुलाई कुनै सजाय किन तोकिदैन ?

५. प्रजातन्त्र आएपछिका प्रधानमन्त्रीहरुले युवाहरुलाई रोजगारका नाममा बिदेशमा पठाएर रिमिट्यान्सले मुलुक चलाउने र देशको विकाचसको भबिश्य बर्बाद पार्ने कामलाई किन अन्त्य गरिदैन ?

६. किन गरीब जनतालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने, स्वास्थ्य नपाएर मर्नुपर्ने वातावरण मुक्त गर्ने, हरेक नागठरिकलाई सामाजिक सुरक्षाको व्यवस्था गर्ने लगायतका आधारभूत आवश्यक्ताबाट बञ्चित गरिन्छ ?

७. किन भारत र चीनका बीचमा भएका पुराना असमान सन्धी सम्झौताहरुलाई अध्ययन गरी पुनरावलोकन गरेर समान बनाउनेतिर कुनै सरकारको ध्यान जाँदैन ?

८. किन चीन र भारत जस्ता छिमेकी राष्ट्रहरुसंग सीमानालाई स्थायी गर्ने पर्खाल लगाईदैन ?

९. किन चीन जाँदा आउदा पासर्पोर्ट र भीसा प्रणाली लागू भए जस्तै भारत जाँदा पनि त्यस्तै प्रकारको प्रणालीमा बिकास गरिदैन ?

१०.किन मुलुकलाई बन्द हड्तालमुक्त क्षेत्र घोषणा गर्न सहमती जनाउदै पटक पटक गरेको हस्ताक्षरलाई कार्यान्वयन गरिदैन ?

११.किन शैक्षिक बेरोजगारहरुलाई बिना धितो ऋण प्रवाह गरेर मुलुकप्रति ईमान्दार भएर मुलुकमा नै काम गर्ने वातावरण बनाईदैन ?

१२. मुख्य सम्भाबना भएको क्षेत्र कृषि, पर्यटन र उर्जालाई आधुनिकिकरणतर्फ लगेर मुलुकको समृद्धीका लागी पहिचान गरि किन अगाडी बढाइदैन ?

१३. भ्रष्टाचारले जरा गाडेको मुलुकलाई यसको निर्मूलका लागी सरकारले किन कागजी बाहेक प्रभाबकारी पहलकदमी चाल्दैन ?

१४. महिला, दलित, जनजाती, मधेशी, मुस्लीम, महिला, अल्पसंख्यक तथा आर्थिक रुपमा पछाडि परेका बाहुन क्षेत्री लगायतका नागरिकलाई सम्मानपूर्बक बाँच्न पाउने समाज निर्माणका लागी किन सरकाको दुष्टी कमजोर, कागजमा मात्र अधिकार सीमीत छन् ?

१५. किन उद्योगधन्दा ब्यावशायलाई प्रबर्धन गर्र्न बैदेशीक लगानी भित्राउने उपलब्धीमूलक प्रयास गरिदैन ?।

१६. किन उद्योगी, ब्यावशायी लगायत प्रतिष्ठिीत नेपाली नागरिकहरुको सुरक्षामा राज्य संधै कमजोर रुपमा उपस्थिति छ?

१७. किन राजनीतिक नेतृत्व चाहे राजसंस्था सधैं नाताबाद कृपाबाद, परिवारबाद, रुपैयाँपैसाका पछि मात्र कुदेको प्रमाण हेर्दा पनि सरकार सधैं मौन बसेको हुन्छ ?

१८. १९९३ देखी शुरु भएको मुलुकको संक्रमणकाल ८१ बर्ष हुंदा सम्म अन्त्य नहुदा कुनैपनि सरकार ब्याबहारिक रुपमा चिन्तित छैन ?

१९. हप्तैपिच्छे युरोप, अष्ट्रेलिया, क्यानडा र अमेरिकाका समुन्द्रहरु हेरेर त्याहाँको बिकासलाई नजिकबाट नियालेका आदरणीय मन्त्री ज्यूहरु, प्रधानमन्त्री ज्यूहरु त्यही विकशीत मुलुकको जस्तो कानुनी राज्य निर्माण गर्ने अभियानमा लाग्नुहुन्न ?

२०. किन मुखले लोकतन्त्रको कुरा गर्ने तर आफूलाई मात्र लोकतन्त्र आएको तर अरुलाई नआएको जस्तो गरि हुकुमी शासनमा विश्वास गर्नुहुन्छ ?

 खाडीमा गएका ५० लाख नेपालीहलाई आफ्नो मुलुक फर्काउनु पर्छ, उक्त वातावरण जसरी पनि सफल प्रधानमन्त्रीले बनाउन सक्छन्, नेपाल फर्किने वातावरण बन्छ र नेपाल समृद्ध बन्ने कुरामा पनि  प्रश्न नै आउदैन । अहिलेलाई कुनै कुलमान घिसङले जस्तो एउटामात्र राष्ट्रिय महत्वको काम गर्नुस सम्माननीय प्रधानमन्त्री ज्यू तपाईलाई जनताले कहिलेपनि बिर्षने छैनन् । चाहे केपी ओली, चाहे पुष्पकमल दाहाल  जो प्रधानमन्त्री भएपनि जनताले फोटोमात्र देख्न चाहदैनन्, जनताले चाहन्छन् हिड्दा, बस्दा, खाँदा विकास देख्न । अवशरको भरपुर सदुपयोग गर्नुस, निर्बाचन गर्नुपर्ने दायीत्व त छंदैछ । निर्बाचनसंगसंगै बिकासका केहि काम गर्नपनि सकिन्छ,  एउटामात्र भएपनि भएपनि काम गर्नुस, तपाई नेपाली जनताको ढुकढुकि बन्न सक्नुहुन्छ, फेरि पनि भन्छु एउटामात्र भएपनि रराष्ट्रय रुपमा अर्थपूर्ण हुने काम गर्नुस ।