राजनीति

ओखलढुङ्गामा चारवटा तहमा काँग्रेस, तीनमा एमाले विजयी

खोटाङ । ओखलढुङ्गाको कुल आठवटा स्थानीय तह मध्ये चारवटामा नेपाली काँग्रेस, तीनवटामा नेकपा (एमाले) र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा काँग्रेस चम्पादेवी गाउँपालिका, खिजिदेम्बा गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका र सुनकोसी गाउँपालिकामा विजयी भएको छ । एमाले सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका र लिखु गाउँपालिकामा विजयी भयो माओवादी केन्द्र चिशङ्खुगढी गाउँपालिकामा विजयी भएको छ ।

सिद्धिचरण नगरपालिकाको प्रमुखमा एमालेका मोहनकुमार श्रेष्ठ चार हजार ७३९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डिल्ली खनालले चार हजार ६१३ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी इच्छाकुमारी गुरुङ चार हजार ८२६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी हेमालक्ष्मी राईले चार हजार ४५७ मत प्राप्त गरिन् ।

यस्तै मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मोतीराज राई तीन हजार ८५९ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले दुई हजार ५७२ मत प्राप्त गरिन् । उपाध्यक्षमा काँग्रेसकी सविता राई चार हजार ३५ मत प्राप्त गरी विजयीभए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी अम्मता राईले दुई हजार १५० मत प्राप्त गरिन्।

यसैगरी चम्पादेवी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नवराज केसी तीन हजार २४१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घिमिरेले दुई हजार ८४१ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी निर्मलादेवी रैका तीन हजार २४५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना थापाले तीन हजार ११ मत प्राप्त गरिन् ।

त्यस्तै खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका वेदबहादुर रोका दुई हजार ९६० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लाक्पागेल्बु शेर्पाले दुई हजार ३६१ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी सुशीला तामाङ तीन हजार १२४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वती रोकाले दुई हजार ९४ मत प्राप्त गरे ।

यस्तै सुनकोसी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रुद्रप्रसाद अधिकारी तीन हजार ७०२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ज्ञानबहादुर खड्काले तीन हजार ३९७ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी दुर्गाकुमारी तामाङ तीन हजार ४८५ मत प्राप्त गरी विजयी भएकि छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मुना श्रेष्ठले दुई हजार ९०९ मत प्राप्त गगरिन् ।

यसैगरी मोलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका मणिराज राई तीन हजार १२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र कार्कीले दुई हजार ९८६ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी हेमकुमारी तामाङ तीन हजार २५९ मत प्राप्त गरी विजयीभए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी हेमकला धमलाले दुई हजार ७५२ मत प्राप्त गरिन्।

त्यस्तै लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गोविन्दबहादुर पौडेल तीन हजार १० मत प्राप्त गरी विजयी हुनुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अशोककुमार कार्कीले दुई हजार ९३५ मत ल्याए । उपाध्यक्षमा एमालेकी शान्ता ढुङ्गे तीन हजार ११० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मन्दिरा दाहालले दुई हजार ४३८ मत प्राप्त गरिन् ।

यस्तै चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निशान्त शर्मा बास्तोलाले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर थापा मगरलाई पराजित गरिन् । बास्तोलाले एक हजार ९०६ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी सुष्मिका राई दुई हजार ७३ मत प्राप्त गरी विजयी भईन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी खिलामायाँ आलेमगरले एक हजार ९६९ मत प्राप्त गरिन् ।