राजनीति

प्रधानमन्त्री देउवाले यसै साता मन्त्रीमण्डल विस्तार गर्दै, कांग्रेसबाट यी नेताहरु जाँदैछन् सरकारमा !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै साता मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । देउवाले प्रधानमन्त्री भएलगत्तै दोश्रो चरणको निर्वाचनपछि मन्त्रीमण्डल गठन गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार प्रधानमन्त्रीले यही हप्ताभित्र मन्त्रीमण्डल विस्तार गर्ने भएका हुन् ।  पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीनामा दिएका थिए । उनको राजीनामा लगत्तै कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए । उनले तत्काल तीन उपप्रधानमन्त्रीसहित ८ जनाको मन्त्रीमण्डल बनाएका थिए ।

प्रधानमन्त्री देउवाले तेश्रो पटक गर्न लाग्नुभएको मन्त्रीमण्डल विस्तारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य साना दलहरुबाट मन्त्रीहरु समावेश हुने जनाइएको छ । अहिले प्रधानमन्त्री देउवा नेपाली कांग्रेसभित्र कसलाई मन्त्री बनाउने भन्ने आन्तारिक तयारीमा लाग्नुभएको श्रोतले बताएको छ । श्रोतका अनुसार प्रधानमन्त्री देउवाले आफ्नो पार्टीभित्रको समुहलाई समेटेर मन्त्री छान्ने तयारी गरिरहेका छन् । पार्टीभित्र देखिएको रामचन्द्र पौडेल समुह, कृष्णप्रसाद सिटौला र संस्थापन पक्षलाई समेटेर मन्त्री छान्ने विषयमा आन्तारिक सल्लाह भैरहेको बताइएको छ ।

नेपाली कांग्रेसबाट सो पार्टीका प्रभावशाली नेताहरु शंशाक कोइराला, शेखर कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु सरकारमा जाने र कांग्रेसभित्रको एउटा ठूलो टिमबाट मन्त्रीहरु छान्ने तयारी भैरहेको श्रोतले बताएको छ । यस्ता छन् कांग्रेसबाट सरकारमा जाने सम्भावित नेताहरुको नामः

सरकारमा सहभागी हुने कांग्रेस नेताहरुका सम्भावित नामहरुः
शशांक कोइराला, शेखर कोइराला,कृष्ण प्रसाद सिटौला, पूर्णबहादुर खड्का,रामशरण महत,ज्ञानेन्द्रबहादुर कार्की,महेश आचार्य, डा।नारायण खड्का, गगन थापा,पद्मनारायण चौधरी,चन्द्र भण्डारी,डिना उपाध्याय,फरमुल्लाह मन्सुर,मिन विश्वकर्मा,बलबहादुर केसी,अर्जुन जोशी,रामहरि खतिवडा, भीमसेनदास प्रधान, बीरबहादुर बलायर,जीवन परियार,मदन अमात्य,अब्दुल रज्जाक,यज्ञबहादुर थापा,रामकृष्ण यादब,उषा गुरुङ,–सरस्वती बजिमय–दिपक खड्का, अमृत अर्याल,आनन्द ढुंगाना, आरजु राणा ,उदयशम्शेर राणा ,किरण यादव,डिकबहादुर लिम्बु, धनराज गुरुङ, पुस्करनाथ ओझा ,महेन्द्र यादव, राजेन्द्र अमात्य,पुष्पा भूसाल ,सरिता प्रसाई ,सञ्जयकुमार गौतम

त्यस्तै, सरकार गठबन्धनमा रहेको माओवादी केन्द्रले पनि सरकारमा जाने आफ्ना मन्त्रीहरुको नामको टुंगो लगाएको पेरिसडाँडा श्रोतले जनाएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको टुंगो लगाउन माओवादीले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माको एक कार्यदल समेत गठन गरेको थियो । सो कार्यदलले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको बताइएको छ ।

यी हुन् माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने नेताहरु
शिवकुमार मण्डल
गिरिराजमणि पोख्रेल
श्यामकुमार श्रेष्ठ
हितराज पाण्डे
आशा खनाल
महेन्द्रबहादुर शाही