समाचार

काठमाण्डौबाट धनगढी जाँदै गरेको बस दुर्घटना,७ जना घाइते

चितवन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान अन्दाजी २:२५ बजे यात्रुबाहक बस पल्टिँदा सातजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौँबाट धनगढी जान आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई नालातर्फ पल्टिएको थियो ।

घाइतेको तनहुँको छिम्केस्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।