अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिसँग भएको वार्तापछि चिनिया राष्ट्रपति सीले दिए यस्तो प्रतिक्रिया

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबार गरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताएका छन् ।

अमेरिकी नौसैनिक जहाज चिनियाँ इलाकामा प्रवेश गरेपछि चीनले हालै उक्त जहाजलाई नियन्त्रणमा लिएको थियो । सम्भवतः यसै विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले गरिएको फोन वार्तामा चिनियाँ राष्ट्रपति सीले सम्बन्ध सुमधुर राख्न केही अमेरिकी गतिविधि समस्या बन्ने गरेको बताएको चिनियाँ स्रोतले जनाएको छ ।

दुई शक्तिशाली विश्व नेताबीच भएको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँग फ्लोरिडामा गत अप्रिलमा भएको भेटले महत्वपूर्ण सफलता हासिल गरेको बताएका छन् । सोही समय राष्ट्रपति सीले केही नकारात्मक गतिविधिका कारण सम्वन्धलाई बेलाबेला प्रभावित तुल्याउने गरको भन्दै चीनले अमेरिकालाई हेर्ने दृष्टिकोण यसअघि नै राखिसकेको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।

उक्त कुराकानीका अवसरमा चिनियाँ राष्ट्रपति सीले अमेरिकाले एक चीन नीतिको सम्मान गर्ने विश्वास व्यक्त गरेको बताइएको छ ।

सीले अमेरिकाले ताइवान विषयलाई एक चीन नीतिमा आधारित भएर तदनुरुप कामगर्ने आग्रह गरिएको बताइएको छ ।

दुई नेताबीच कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त कोरियाद्वारा निरन्तर आणविक हतियार र क्षेप्यास्त्र बनाउने कार्यक्रमलाई अघि बढाएको बताउँदै दुबै देशको सहकार्यलाई प्योङयाङ बढाएको बताउँदै दुबै देशको सहकार्यलाई आणविक हतियार मुक्त गराउनु पर्ने विज्ञप्तिमा जनाइएको छ ।

चीनले अमेरिकी व्यवसायिक साझेदारसँग ट्रम्पले सन्तुलित व्यवापारिक सम्बन्धलाई अघि बढाउनु आग्रह गरेको पनि विज्ञप्तिमा जनाइएको छ । यद्यपि विज्ञप्तिमा ताइवान बारे केही जनाइएको छैन ।