समाचार

यस्तो छ बिहान ६ बजेसम्मको मतपरिणाम, कुन दल कहाँ विजयी भयो ?

काठमाण्डौ । दोश्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । असार १४ गते भएको तीन प्रदेशका ३३४ जिल्लाको २७२ स्थानीय तहको निर्वाचन परिणाम आइसकेको छ ।  मंगलबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमाले ११९ सिटसहित अग्रस्थानमा रहेको छ भने नेपाली कांग्रेस १०२ सिटसहित दोश्रो स्थानमा रहेको छ ।

माओवादी केन्द्र ३४ स्थानसहित तेश्रो स्थानमा दौडिरहेको छ । त्यस्तै संघीय फोरम र नयाँ शक्तिले ६ सिट प्राप्त गरेका छन् भने फोरम लोकतान्त्रिक ५ स्थानमा विजयी भएको छ ।  त्यस्तै राप्रपाले ३ स्थानमा विजयी हासिल गरेको छ भने अन्य स्वतन्त्र दलहरुले ३ स्थानमा विजयी हासिल गरेका छन् ।

त्यस्तै, अहिलेसम्मको मतगणना अनुसार नेकपा एमालेले २७ स्थानमा अग्रता हासिल गरेको छ भने नेपाली कांग्रेसले २४ स्थानमा अग्रता हासिल गरेको छ ।

त्यस्तै, माओवादी केन्द्रले ४ स्थान र फोरम लोकतान्त्रिकले ३ स्थानमा अग्रता हासिल गरिरहेको छ । अन्य स्वतन्त्र दलहरुले ५ स्थानमा अग्रता हासिल गरिरहेका छन् ।