पु.समाचार

घोराही उपमहानगरमा एमाले विजयी !

तुलसीपुर (दाङ) । दाङको घोराही उपमहानगरपालिका प्रमुखमा नेकपा (एमाले)का नरुलाल चौधरी २२ हजार ३० मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपबहादुर भण्डारीले १७ हजार ४८४ मत प्राप्त गरे ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै सीता न्यौपानेले २० हजार ७९२ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।