राजनीति

आइतबार बेलुका एक्कासि यी युवाले प्रधानमन्त्री देउवाको कुर्सी हल्लाइदिएपछि….! (भिडियोसहित)

काठमाण्डौ । आइतबार बेलुका कान्तिपुर टिभीमा प्रसारित साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवा र सहभागीहरुबीच निकै रोमाञ्चक र चर्को प्रश्न–उत्तर भएको देखियो । कार्यक्रमको बीच भागमा पुग्ने बेलामा सहभागी एक युवाले प्रधानमन्त्री देउवालाई एउटा महत्वपूर्ण प्रश्न राखे ।

उनले सिंगापुरमा लि क्वान युलाई ढुंगा दिएपछि हिरा बनाए, नेपालमाचाहि जुन प्रधानमन्त्री आएपनि हिरा हातमा पर्नासाथ त्यसलाई ढुंगा बनाएको आरोप लगाउँदै यसको कार्वाहीको भागीदार को हुने ? भन्ने प्रश्न राख्नासाथ प्रधानमन्त्री देउवाको मुखाकृति अलि अँध्यारो हुँदै गयो । त्यतिमामत्र होइन ती युवाले विकसित मुलुकमा योग्य र अति उत्कृष्ठ व्यक्ति मात्र प्रधानमन्त्री भएका र नेपालमा त्यस्तो नभएको भन्दै व्यंग्य समेत ठोके ।

उनले बेलायतमा अक्सफोर्ड विश्वविद्यालय पढेकाले मात्र देश चलाएको भन्दै नेपालमा योग्य नेता नभएको भन्दै तपाईहरु कहिले विस्थापित हुने भन्दै प्रश्न राखेपछि त झन् प्रधानमन्त्री देउवाको पारो तातिकसकेको थियो ।

ती युवाले प्रधानमन्त्रीलाई सो प्रश्न राख्ने वित्तिक्कै देउवा उनी माथि एक्कासि खनिए तर सो आक्रोसभित्र देउवाले निकै महत्वपूर्ण राष्ट्रियतासँग जोडिएको उत्तर दिन सफल भए ।

देउवाले सो आक्रोसमा सहभागीलाई बढ्ता भएको आरोप मात्र लगाएनन् बरु नेपालमा अक्सफोर्ड विश्वविद्यालयको उदाहरण दिएर आफ्नो देशको शिक्षा प्रणाली र त्रिभुव विश्वविद्यालयको स्तर घटाएको संकेत समेत गरे । प्रधानमन्त्री देउवाले आक्रोसित मुद्रामै नेपालमा कुनै अक्सफोर्ड विश्वविद्यालयको विद्यार्थी आएर देश चलाउनुनपर्ने समेत बताए ।

उनले नेपालमा अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थीले नभई त्रिभुवन विश्वविद्यालयकै विदार्थीले देश चलाउन सक्ने क्षमता राख्ने बताएका थिए । प्रधानमन्त्री देउवाले निकै आक्रोशित हुँदै आफु पनि संसदमा बहुमत ल्याएर योग्य प्रधानमन्त्री भएको ठोकुवा गरेका थिए ।

कार्यक्रममा काभ्रेका तारापति त्रिपाठीले बृद्धाभत्ताका सवालमा प्रधानमन्त्रीले तत्काल ल्याउने नयाँ योजनाका बारेमा प्रश्न राखेका थिए । उनको जवाफमा प्रधानमन्त्री देउवाले बृद्धभत्तालाई दोब्बर बनाउने योजनामा रहेको बताएका थिए । त्यस्तै कार्यक्रममा सहभागी अन्य प्रश्नकर्ताले दुई दम्बर प्रदेशको स्थानीय चुनाव, संविधान संशोधन, प्रदेश र संघको चुनाव, नेपाली कांग्रेसको चुनावी तालमेल लगायतका विषयहरुसँग जोडेर प्रश्न राखेका थिए ।

प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव र आइजीपी प्रकरणका बारेमा समेत प्रश्न सोधिएको थियो । उक्त प्रश्नको जवाफ दिदै प्रधानमन्त्री देउवाले त्यसमा अदालतको सिधै हस्तक्षेप भएको आरोप लगाएका थिए ।

सरकारको आफ्नो अधिकारमा अदालतले हस्तक्षेप गर्दा नेपाली कांग्रेसले बोलेको उनले बताएका थिए । सोही क्रममा केही समयअघि प्रसारित प्रधानन्यायाधीश सुशीला कार्कीको भिडियो समेत देखाइएको थियो । सो भिडियोमा कार्कीले कांग्रेस नेता रमेश लेखकको भनाई उदृत गर्दै न्यायाधीश नियुक्तिमा दलहरुको हात रहेको कुराको संकेत गरेका थिए । उक्त भिडियो हेरेपछि देउवाले लेखकलाई यो बारेमा सोध्ने आश्वासन दिएका थिए ।

कार्यक्रमको अन्तिमतिर सहभागी सुशीला चौधरीले अब प्रधानमन्त्रीले के–के काम गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री देउवाले सुरुमा सत्यनिरुपण आयोगलाई ब्युँताएर मानवताविरोधी अपराधहरुलाई छुट नदिने बताए । आफ्नो सरकारले सुरुमा संविधान कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेको छ । अर्को निर्वाचन हो । एउटा निर्वाचन करिब सम्पन्न भसकेको र अब दुईवटा चुनाव सम्पन्न गर्न सरकार लाग्ने प्रधानमन्त्रीको भनाई थियो ।

सुदुरपश्चिमका एक युवाले आफ्नो क्षेत्रबाट प्रधानमन्त्री भएर के अपेक्षा गर्ने ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले आफुलाई धेरैले सुदुरपश्चिमको मात्रै काम गरेको आरोप लगाएको तर तपाईलेचाहि मलाई सुदुर पश्चिमलाई नहेरेको भन्ने आरोप लगाएको भन्दै विकासका कार्यक्रम तिव्र रुपमा अघि बढेको बताए ।

प्रधानमन्त्रीले मुग्लिन–नारायणगढ सडक खण्ड समेत छिटै बन्ने समेत अठोट गरे । कार्यक्रममा सहभागी एक महिलाले घर–घरमा ग्यास ल्याइदिन्छु भन्ने तर काम गर्न नसक्ने भन्ने प्रधामन्त्रीको काम छैन भन्दै पूर्वप्रधानमन्त्री केपी ओलीतर्फ व्यंग्य गर्दा भने प्रधानमन्त्री देउवा दंग परेका थिए । उनै महिलाले कांग्रेसले चुनावमाचाहि किन एक्लै भीड्न नसकेको भन्ने प्रश्न राख्दा सरकारमा माओवादी पनि सहभागी भएकोले संयुक्त प्यानल बनाएको बताएका थिए ।

कांग्रेसको घोषणपत्रमा प्रत्येक वर्ष ३ लाखलाई रोजगारी दिने भन्ने कुरा उल्लेख भएको भन्दै त्यो रोजगारी नेपालमा दिने वा विदेशमा भन्ने व्यंगात्मक प्रश्नमा उनले रोजगारी नेपालमै दिने हो भन्दा हल हाँसालेले गुञ्जिएको थियो । कार्यक्रममा सहभागी एक युवाले प्रधामन्त्री देउवाको भारत भ्रमणमा नेपालको शीर ठाडो पारेर आउनुहुन्छ वा झुकाएर आउनुहुन्छ भन्ने प्रश्न गर्दा उनले आफु भारत भ्रमणमा जाँदा नेपालको शीर ठाडो नै पारेर आउने जवाफ दिएका थिए ।

प्रधानमन्त्री हुने वित्तिक्कै नेपालका प्रधानमन्त्रीहरु किन भारत भ्रमणमा गैहाल्नुपरेको होला ? भन्ने प्रश्नमा यो पहिले देखि चल्दै आएको चलन भएको उनले जवाफ दिए । कार्यक्रममा अधिकांश समय प्रधानमन्त्री देउवाले ठाडो र आक्रोसत भएर उत्तर दिएका थिए । प्रधानमन्त्रीको यो शैलीलाई कतिपयले आलोचना समेत गरिरहेका छन् ।

https://www.youtube.com/watch?v=bhP9yk5KK4w