आर्थिक

एनसेलले गर्यो फोरजी सेवा पोखरा र दमौलीमा पनि

काठमाडौं । अब पोखरा र दमौलीमा रहेका एनसेलका सबै ग्राहकले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको लाभ लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउदै ‛डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो । कम्पनीले शनिबारदेखि यी सहरहरुमा फोरजी सेवा आधिकारीक रुपमा संचालनमा ल्याउदै छ ।

“आफ्नो वाचा अनुरुप तदारुकताका साथ फोरजी सेवा विस्तार गर्दै देशलाई नयाँ प्रविधि अंगीकारमा समकालिन विश्वसँग उभ्याउन तथा ग्राहकलाई नयाँ प्रविधिका विविध लाभहरु प्रदान गर्न एनसेल प्रतिबद्घ छ । पहिला घोषणा गरे अनुरुप पोखरा र दमौलीमा सेवा विस्तार गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने ।

पोखरा र दमौलीमा फोरजी सेवाको विस्तारसँगै, फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल प्रयोग गर्ने एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रत गतिको ब्रोडब्याण्ड सेवाको मजा लिन सक्नेछन् । अझै फोरजी सिम नलिएका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफुले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् र नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गरी उच्च गतिको मोबाइल ब्रोडव्याण्ड सेवाको पहुँचबाट फाइदा लिन सक्नेछन् ।

पोखरा र दमौलीमा आफ्नो फोरजी सेवा आधिकारीक रुपमा संचालनमा ल्याएको अबसरमा, आफ्नो फोरजी सिम राखी डेटा सेवा प्रयोग गर्ने ग्राहकलाई एनसेलले योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न/डाउनलोड गर्न सकिने सेवा प्रदान गर्दैछ । ग्राहकले एस्ट्रिक्स ३२४ ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ(साथै ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक दुई करोड भन्दा बढि नेपाली र अन्तराष्ट्रिय गीतहरु रहेको एक वृहत डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले अंग्रेजीमा ‛क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम कुन प्रकारको हो भन्ने बारेमा जानकारी लिन सक्छन् ।

एनसेलले प्रविधि तटस्थताको अनुमति पाए पश्चात पहिलो चरण अन्र्तगत ग्राहकहरुले लामो समयदेखि प्रतिक्षा गरीरहेको फोरजी सेवा गत जेठ १८ देखि काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो । कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा १५ सहरहरुमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ र देशका विभिन्न सहरहरुमा पनि यो सेवा विस्तारका लागि नेटवर्क परीक्षण गरीरहेको छ । फोरजी प्रविधिले अझ उच्च गतिको मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै नयाँ व्यवसायीक अवसरहरुको सिर्जना गर्दछ र ग्राहकलाई पनि सेवा प्रयोगकोे राम्रो अनुभव प्रदान गर्दछ ।

“पोखरा र दमौलीमा फोरजी सेवाको संचालनसँगै देशको १०.३ प्रतिशत जनसंख्याको माझमा हाम्रो उच्च गतिको मोवाइल ब्रोडब्याण्ड सेवा पुग्नेछ । यसका साथै, ग्रामिण र दुर्गम स्थानहरुलाई ध्यानमा राखी सन् २०१८ भित्र थ्रिजी सेवाको कभरेज दोब्बर बनाउदै देशको कुल जनसंख्याको ६० प्रतिशतमा पु¥याउन पनि काम भईरहेको छ,” शर्माले भने ।

फोरजी सेवामा पहुँच विस्तार गर्नका निमित्त एनसेलले सन् २०१८ भित्रै देशको ४० सहरहरुमा फोरजी सेवा पुर्याउने योजना अनुसार काम गरीरहेको छ । फोरजी/एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् ।

‘‘राष्ट्रिय ब्रोडव्याण्ड नीतिले लिएका लक्ष्यहरु प्राप्तिमा योगदान गर्न हामी देशका विभिन्न भागमा क्रमशः फोरजी/एलटिई सेवामा पहुँच सुनिश्चित गर्दै जाने छौै,’’ शर्माले भने । राष्ट्रिय ब्रोडव्याण्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँ विकास समितिहरुमा ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ ।

फोरजी/एलटिई सेवाको सुरुवात सँगै-सँगै एनसेलले हालै आकर्षक साप्ताहिक कम्बो प्याक ‘वान प्लान’ ल्याएको छ, जसअन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा आकर्षक डेटा, भ्वाइस, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरि आकर्षक डेटा, टक टाइम र एसएमएसको फाइदा लिन सक्छन् । यस बाहेक कम्पनीले चाँडै नै आकर्षक अफरहरु तथा निःशुल्क रुपमा अनलिमिटेड भिडियोमा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने छ ।