आर्थिक

मलेसियामा गैरकानूनी कामदारलाई तनाव

मलेसिया । मलेसियाले गैरकानुनी आप्रवासी कामदार खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ । मलेसयिाले गैरकानुनी कामदारलाई दर्ता भई ई कार्ड (इन्फेर्समेन्ट कार्ड) लिन गत फेव्रुअरी १५ देखि जुन ३० सम्मको समयावधि दिएको थियो ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, हजारौं नेपाली पनि मलेसियामा गैरकानुनी रुपमा बसिरहेको बताइएको छ । तर यसकन तथ्यांक सार्वजनिक भएको छेन ।

गैरकानुनी रुपमा बसेकाहरु समातिन्छन्, उनीहरुलाई कालोसूचीमा राखिनेछ र डिपोर्ट गरिनेछ । अध्यागमनका महानिर्देशकको भनाई उद्धृत गर्दै मलेसियाली एक अंग्रेजी दैनिक पत्रिकाले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।