विचार/ब्लग

एमाले पूर्वका कमाण्डर भीम आचार्यलाई सुनसरीका राईले लेखे यस्तो कडा चिठी !

भर्खरैमात्र सुनसरीको बराह नगपिालिकाको वडा नम्बर १ र २ मा नेकपा एमालेले हार ब्यहोरेपछि उक्त वडाका बासिन्दा एबम् राजनीतिलाई नजिकबाट नियालिरहेका जितन राईले एमाले सचिब भीम आचार्यलाई खुल्ला पत्र लेखेका छन् । एमाले केन्द्रीय सचिब रहेका मा.भीम आचायले ०६४ र ०७० को संबिधानसभा निर्बाचनमा भारी मतका साथ जितेको सुनसरी क्षेत्र नम्बर ६ को साँसद समेत भएकोले राईको उक्त जिज्ञासा जायज हुन सक्छ, जायज होस नहोस एमाले केन्द्रीय सचिव मात्र नभएर प्रदेश नम्बर १ का कमाण्डर समेत रहेका आचार्यसंग केहि आक्रोस पोख्दै राईले लेखेको फेसबुकको चिठी यया प्रश्तुत गरिएको छ । वडा नम्बर १ र २ मा काँग्रेसले जितेको छ भने ३ मा एमालेले जितेको छ, उक्त वडामा मतपत्र हराएकोमा विवाद भने देखिएको छ, वडा नम्बर ४ को मतगणना गर्ने तयारी भईरहेको छ । मेयर र उपमेयरको नतिजा सार्बाजनिक हुन अझै एक हप्ता लाग्न सक्ने निर्बाचन अधिकृत ईद्रेश दाहालले बताएका छन् ।

जीतन राई

श्री माननीय भिम आचार्य ज्यु,
म सुनसरी जिल्ला बराह नगरपालिकाको स्थायी बासिन्दाको नाताले अहिलेको स्थानीय चुनाबको नातिजासंग जोडेर यो पत्र लेख्दैछु।
हजुरलाई काठमान्डूको एकदुइटा कार्यक्रममा झलक्क देख्नु बाहेक हजुर संग भेट्ने अनि हजुर को दिग्गजता बाट केहि सिक्ने मौका पाएको छुइन ।

सन्दर्भ जोड्नु चाहन्छु मेरो गाउको चुनाबी परिणाम बाट । यसपाली तपाईको पार्टी हार्यो, नराम्रो संग हार्यो । हजुरको जानकारी को लागि बरहछेत्र गाबिस रहिन्जेल सम्म एमाले बाहेक अरु कसैले जितेको इतिहास थिएन ।आज बारहक्षेत्र गाबिस अन्य गाबिससंग मिलेर नगरपालिका भए पनि बराह नगरपालिकाको वडा नम्बर १ र २ भएको छ। अनि हजुरको पार्टी १ र २ वडामा नै चित खानु पुग्यो । हजुरको पार्टीलाइ नेपाली कांग्रेसले अत्याधिक बहुमत ल्याएर पछारेको छ।
गल्ति कहाँ नेर भयो भनेर पक्कै पनि भोलि को दिनमा मनन र विश्लेषण गर्नु नै होला, तथापि मैले देखेको कुराहरु हजुर सामु पेश गर्न चाहन्छु । गल्ति न त हजुर हरुको चुनाबी घोषणापत्रमा नै थियो न त हजुर हरुले चुनेको उम्मेद्वार मा । साचिकै भन्ने हो भने एमाले भित्रबाट हिरा जस्तो व्यक्ति छानेर चुनाबी मैदानमा उतार्नु भयो । तथापि चित हार्नु पुग्नुभयो ।
पृष्ठपोषण:
चतरा खहरे एउटा यस्तो गाउ थ्यो जहाँ सबै थरिका मानिस हरु एक(आपसमा असाध्यै मिलेर बसेका थिए । एउटाको घरमा विहे होस् या मराउ पराउ, गाम भरिका मानिसहरु सबै काम छोडेर सघाउन पुग्थे । एउटाको मन दुख्दा अर्कोको आशु झार्ने गाम थ्यो चतरा । तर आज त्यो गाम छैन माननीय ज्यु । केहि समय अगाडी कसै कसैको चलखेलले पुरै गाम मा लोडर लगाइयो । साउनको झरीमा बस्ने ओत समेत नदिइकन । बिहानीपख आमा को कचकच ले भन्दा धार्मिक संगीत ले निद्रा खुल्ने मेरो गाममा, हामीलाई झरीको समयमा हाम्रो घर मा लोडर लगाइरहदा, न त कुनै धार्मिक संस्थाले ओत दियो न त कुनै सामाजिक संस्थाले एक छाक खाने ब्यबस्था मिलायो । लक्काजवानले त केहि छाक नखाई सक्यो होला, तर ७० बर्ष माथिका बुडाबुड़ी र नाबालकहरु कसरि बसे होलान्रु१ त्यो त पिडा भोग्नेलाइ नै थाह छ ।
अस्ति चुनाबी दौरान मा गामघरका मानिसहरु को घरदैलो घुमेको थिए । एक जना काकीले रुदै भनिन ‘मेरो आमा मर्दा एती पिर् लागेन बाबु, जति पिर मेरो घर भात्काउदा लाग्यो । यो सब एमालेको गरेको रे । अब त मर्दा नि एमालेलाई भोट दिदिन “ उनको बुझाइ मा पूर्ण सत्यता नहोला तर उनिले भन्न खोजेको सार थियो कि एमालेले अफ्ठ्यारो समयमा पनि साथ दिएन ।
माननीय ज्यु, त्यहाँ घर मात्रै भात्किएको थिएन, एउटा समाज भत्किएको थियो, एक अर्का लाइ जोडीराख्ने एउटा डोरी चुडालिएको थियो ।
माननीय ज्यु ,
प्रत्यक्ष दोष न त हजुर को हो न त हजुर को पार्टी को, तथापि मेरो बाउ बाजे देखि नै हजुरको पार्टी लाइ दिएको भोटको गुण खै तिर्नु भयो त्यसबेलारु आफ्नो भोटिंग बैंकको रुपमा रहेको चतरा बजारको त्यो दुर्दशा गरिरहदा हजुरको पार्टीले कुनै बिज्ञप्ति निकालेर खेद प्रकट गर्योरु हजुरले ब्यक्तिरूपमा केहि पहल गर्नु भयोरु हजुर ले ति पिडित मध्ये कसैलाइ भेटेर सान्त्वना दिनु भयोरु कुरा त यहासम्म आको थ्यो कि झुम्काबजारदेखि चतरासम्मको बस्ति उठाउनमा हजुरले पनि हस्ताक्षर गर्नु भाको थियो रे । त्यसमा कहाँसम्म सत्यता छ त्यो त इतिहासको गर्भमा नै तुइयेर रहला तर एमालेप्रति को बित्रिष्णा हर एक जनको मनमश्तिश्कमा छाप बनेर रहेको छ चतारबासीमा, जसको ज्वलन्त उदाहरण त यसपाली को चुनाब को परिणामले नै देखाइसकेको छ ।
एक जना  inspirational writer भन्छन, “If the problems you have this year are the same problems you had last year, then you are not a leader. You are rather a problem on your own that must be solved.” मतलब कि “पहिला साल को समस्या यो साल पनि यथावत नै रहन्छ भने तपाई एउटा नेता होइन कि समस्या हो । “ हामिलाइ ठ्याक्कै येस्तै लागेको हो, एमाले हाम्रो नेता हुन सकेन, बरु समस्या भएर रह्यो । त्यहि भएर हामीले लालकिल्ला तोड्यौ माननीय ज्यु । लाल्किल्ला तोड्नु गलत हो या सहि त्यो भोलिको दिन ले देखाउला तर एमालेले यसबाट कति पाठ सिक्नेछ, कति आत्मग्लानी कति आत्मआलोचना गरेर अघि बढ्नेछ भन्ने पनि भोलि को दिन मा नै देखिनेछ ।

जिनत राई
चतरा, खाहरेबासी
बराह नगरपालिका