पु.समाचार

खुमबहादुरको गृह जिल्ला राजपुरमा काँग्रेसको सानदार जित, एमाले तेस्रो

दाङ । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एबम् पूर्वगृहमन्त्री खुमबहादुर खड्काको गृहजिल्ला दाङको राजपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा लोकराज केसी २३९५ मत प्राप्त गरी विजयी भएका छन्।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै धनपति यादव २२७३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष श्यामकुमार झाँक्रीले १८५८ प्राप्त गरेको छ भने उपाध्यक्षमा पुष्पा यादवले १९४९ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
उक्त गांउपालिकामा एमाले तेस्रौ स्थानमा देखिएको छ ।