राजनीति

शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !

काठमाण्डौ । दोश्रो चरणको निर्वाचन परिणाम आउने क्रममा यसबेला नेपाली कांग्रेसको अग्रता ह्वात्तै बढेको छ । नेपाली कांग्रेसले तीन प्रदेशका ३५ जिल्लामध्ये ८६ स्थानमा अग्रता हासिल गरेको छ भने नेकपा एमालेले ७५ स्थानमा अग्रता हासिल गरेको छ । बिहीबार बेलुकासम्म कडा प्रतिस्पधामा रहेका कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा कांग्रेसले ह्वात्तै अग्रता लिएका हो ।

मतपरिणाम अनुसार माओवादी केन्द्रले ३० ठाउँमा अग्रता लिएको छ भने फोरम लोकतान्त्रिकले ६ स्थानमा अग्रता हासिल गरिरहेको छ । त्यस्तै फोरम नयाँ शक्तिले ५ स्थानमा अग्रता हासिल गरिरहेका छन् भने राप्रपाले ३ स्थानमा अग्रता कायम गरिरहेको छ । त्यस्तै अन्य साना पार्टीहरुले ४ स्थानमा अग्रता हासिल गरिरहेका छन् ।

शुक्रबार बिहानबाट एक्कासि कांग्रेसले फराकिलो अन्तरले अग्रता हासिल गरेपछि कांग्रेसनै पहिलो पार्टी हुने अनुमान गर्न थालिएको छ ।