पु.समाचार

इटहरी उपमहानगरमा मेयर र उपमेयर दुबैमा काँग्रेसका रोहित र विमलाको अग्रता(अपडेट)

काठमाण्डौ । इटहरी उपमहानगरपालिकामा काँग्रेसका रोहित प्रशाईले अग्रता कायम गरेका छन् । सुनसरीको ब्यापारिक केन्द्र मात्र नभएर पूर्वबाट राजधानी जोड्न महत्वपूर्ण अर्थ राख्ने ईटहरीमा एमालेका जिल्ला अध्यक्ष समेत रहेका द्वारिका चौधरीलाई पछाडि धकेल्दै रोहित प्रशाईले अग्रता कायम गरेका हुन् ।

कांग्रसका रोहित प्रशाईको मत ४३१ छ भने चौधरीको ३५२ मत कायम रहेको छ । उपमेयरमा पनि काँग्रेसकी बिमला ढकालको ४४५ मतले अगैस्थानमा छिन् भने एमालेकी लाक्ष्मी गौतम ३३० मत सहित ढकाललाई पछ्याउदैछिन् । ७७ हजार मत खसेको ईटहरीमा मत गणना सम्पन्न हुन भने एक हप्ता लाग्ने अनुमान निर्बाचन अधिकृतले लगाएका छन् ।

इटहरीलाई एमालेले ०६४ साल र ७० सालको संबिधानसभा निर्बाचनमा नेकपा एमलेले विजयी हाँशिल गरेको थियो ।