आर्थिक

भ्रष्ट सहसचिब चुणमणी शर्माले अख्तियारले मागेको तीन अर्ब रकम केहिदिनमा बुझाउने

काठमाण्डौ । अख्तियारको हिरासतमा रहेका भ्रष्ट सहसचिब चुणामणी शर्मासंग ३ अर्ब बराबरको धरौटी माग गरिएको छ । जेठ १९ गते पक्राउ परेका अभियुक्त शमालाई २० अर्बभन्दा बढी राजश्व अनाधिकृत रुपमा कर पच्र्यौट आयोगद्वार छुट दिएको अभियोग लगाइ हिरासतमा राखिएको थियो ।

जम्मा एक हजार भन्दा बढी फाईल हेरिरहेको अख्तियारले अहिलेसम्म १२५ फाईल हेर्दामात्र ३ अर्बको घोटाला देखिएको स्रोतको दावी छ । अख्तियारले तोकेको धरौटी बुझाएपछि हिराशतबाट शर्मा मुक्त हुने जनाईएको छ ।

सम्पती शुद्धिकरणमा १० लाख रुपैंयाँ घुष काण्ड मच्चिदा बचेका शर्मा बिभिन्न समयमा बिबादमा परेपनि कारबाहीको शिकार भएका थिएनन् ।

कडा स्वभाबका दीप बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएपछि शर्मालाई बचाउन कसैले नसक्ने ३ अर्ब धरौटी तोक्नुले देखाउछ । शर्माले पूर्ब प्रमुख लोकमानसिंह कार्कीलाई आर्थिक प्रलोभनमा पारेर पहिलेका काढडहरुमा उम्किएको समाचार बेला बेलामा आईरहेको थियो ।

शर्मालाई उक्त धरौटी बुझाउन समस्या नभएपनि निकै मोटो रकम भएकोले व्यबस्थापन गर्न केहिदिन लाग्न सक्ने अनुमान लगाउन सकिन्छ ।